Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

एजेन्सी । सबैलाई थाहा भएकै कुरा हो, राम्रो स्वास्थ्यका लागि प्रर्याप्त सुत्न जरुरी छ। तर तपाईलाई थाहा छ, मात्र प्रयाप्त निद्रा सुत्नु मात्रै स्वास्थ्यका लागि काफी हुँदैन्। स्वस्थ रहनका लागि सही पोजिसनमा सुत्नु निकै आवश्यक छ। यदी तपाई सही पोजिसनमा सुत्नु भएको छैन भने त्यसको सिधा असर स्वास्थ्यमा पर्ने गर्दछ। दिनभरको थकान र घरको कामपछि आरा मगर्नका लागि तपाई जब ओछ्यानमा जानुहुन्छ भने सुत्ने बेलामा पेट थिचेर अर्थात घोप्टो परेर नसुत्नुहोस्। यसले तपाईको स्वास्थ्यमा नराम्रो असर पर्ने गर्दछ। आज हामी तपाईलाई घोप्टो परेर सुत्दा हुने समस्याका बारेमा जानकारी दिदैछौँ।

ढाडमा नराम्रो नसर
पेटमा बल पारेर अर्थात घोप्टो परेर सुत्दा जोर्नि, गर्दन र ढाडमा असर पर्ने गर्दछ। जस कारण तपाईको शरीरमा दुखाई महशुस हुने गर्दछ। यस्तो पोजिसनमा सुत्दा निद्रा पुगेपनि पुरै दिन थकान महशुस हुने गर्दछ।

स्पाइन अर्थात ढाडको हड्डीमा दबाव
पेटमा बल गरेर सुत्दा स्पाइन अर्थात ढाडको हड्डीका दबाव पर्ने गर्दछ। जस कारण कम्मरमा नराम्रो असर पर्ने गर्दछ। यस्तो समस्याबाट बच्नका लागि तपाई सही पोजिसनमा सुत्नु राम्रो मानिन्छ।

गर्दनको दुखाई
पेट दबाएर सुत्ने बानीले तपाईको गर्दनमा असर पर्ने र दुखाई सुरु हुन थाल्दछ।

टाउँको दुख्ने
पेट दबाएर सुत्ने बानीले तपाईको टाउँको पनि नराम्रो असर पर्ने गर्दछ। घोप्टो परेर सुत्दा गर्दन घुम्चिने र टाउँकोसम्म ब्लड सञ्चार हुन नसक्दा टाउँको दुखाई हुने गर्दछ।

पेट खराब हुने
पेटमा बल पारेर सुत्दा खाना राम्रोसँग पचन नपाउने र पेट खराब हुने समस्या आउने गर्दछ। यसरी सुत्दा तपाईलाई कहिलेकाही यस्तो समस्या भोग्नु समेत परेको हुनसक्छ। त्यसैले सुताइको पोजिसनमा ध्यान दिन आवश्यक छ। सुत्दा जहिले पनि बाँया कोल्टो परेर सुत्ने गर्नु गर्दछ।