Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

एजेन्सी । के तपाईलाई थाहा छ, आफूलाई मन पराएको व्यक्ति आस पास आयो भने युवतीले कस्तो व्यवहार देखाउने गर्दछन्। मन पराएको व्यक्ति आसपास आउने वित्तिकै दिलको धड्कन बढ्न थाल्दछ। तपाई अनौँठो व्यवहार देखाउन थाल्नुहुन्छ। आफूलाई मन पराएको र परेको मान्छे देख्ने वित्तिकै युवतीले नचाहेरै केही गल्ती गर्ने गर्दछन्। आज हामी तपाईलाई आम युवतीले मन पराएको व्यक्तिका सामु गर्ने गल्तीका बारेमा जानकारी दिदैछौँ।

एकोहोरो हेर्नु

मन पराएको व्यक्तिलाई युवतीले लगातार हेर्ने गर्दछन् र जब युवकले उनीतर्फ हेर्न थाल्छ तब अनुहार झुकाउने वा अन्तै हेरेको जस्तो गर्ने गदृछन्। उ आसपास हुन वित्तिकै आफै मुस्कुराउन थाल्दछन्।

ओभर एक्साइटेड हुनु

जब मन पराएको व्यक्ति आसपास आउने गर्दछन् तब युवती ओभर एक्साइटेड हुने गर्दछन्। उनहरु आफै मुस्कुराउन थाल्दछन्। युवकका सामु कुनै न कुनै बेवकुफी तथा अनौँठो हरकत देखाउने गर्दछन्।

नर्वस हुनु

मन पराएको मान्छे नजिक आउँदा उनीहरु नर्वस हुने गर्दछन् र हेर्न पनि भूल्ने गर्दछन्। युवतीले केही कुरा सोध्दा उनीहरुको जवाफ पनि दिन डराउने गर्दछन्।

आँखामा हेर्न नसक्नु

मन पराएको मान्छे नजिक आउन वित्तिकै युवतीहरु आँखाले सिधा हेर्न सक्दैनन्। उनीहरुले कहिले दायाँ बायाँ, अथवा तलतिर हेर्न थाल्दछन्।

दिवा सपना देख्नु

केही युवतीहरुले मन पराएको मान्छे आसपास छ भने दिवा सपना देख्न थाल्दछन्। उनीहरु एकोहोरो टोलाउन सुरु गर्ने गर्दछन्।