Jagaran Nepal सोमबार, भाद्र ०१, २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालय९ एसईई०ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

बोर्ड अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत सार्वजनिक हुनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा थाहा पाउन सक्छन् । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने सुविधा सञ्चालन गरेको छ ।

यसका अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडियु सञ्जाल डटकम र कान्तिपुर पब्लीकेशन प्रालीमार्फत पनि नतिजा हेर्न सक्ने उल्लेख गरिएको छ ।

नतिजा कसरी थाहा पाउने ? शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।