Jagaran Nepal आइतबार, साउन ३२, २०७७

काठमाडौ । गायक सुगम पोखरेलले आफ्ना पिताका लागि एउटा गीत तयार पार्दै थिए । बुवा नामको गीत उनले आफ्ना पिताकै लागि तयार पार्दापार्दै साउन १० गते उनले बुवालाई गुमाए । बुवाका लागि तयार पारीएको गीत बुवाले नै सुन्न पाउनु भएन । सुगमको इच्छा बुवालाई यो गीत सुनाउने थियो । तर उनको इच्छा पुरा भएन । अहिले उनले सोही गीत युट्युव मार्फत सार्वजनिक गरेका छन् । गीत सुन्नु अघि नै बुवाले संसार छाडेको भन्दै सुगमले भावुक स्टटास सहित गीत सार्वजनिक गरेका छन् ।

पिताले नसुनेरै गए पनि सुगमले आफ्ना पितासहित समस्त बुवालाई गीत समर्पित भन्दै युट्युव मार्फत गीत सार्वजनिक गरेका हुन् । उनलाई यो गीत आफ्ना बुवालाई सुनाउन नपाएकामा दुख लागेको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक रूपमा बुवा अहिले हामी माझ नभएपनि उहाँको शिक्षा(दिक्षा, सोच, सपना अनि आशिर्वादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैं गर्नेछु,’ ।

उनका अनुसार यो गीतले बुवाको यथार्थ बोल्छ । एउटा सन्तान हुर्काउदा पिताले भोग्ने सबै अनुभव यो गीतमा छ । उनले आफन बुवालाई गीत सुनाउन नपाएपछि समस्त बुवाहरुमा यो गीत मार्फत आकृति देख्न पाउने आशा गरेका छन् । नजिँकिदै गरेको कुशे औशी (बुबा को मुख हेर्ने दिन) को अवसरमा सम्पूर्ण बुबालाई सम्झिएर उनले यो गीत सार्वजनिक गरेको जनाएका छन् । गीतमा सुगमको आफ्नै रचना तथा संगीत रहेको छ। गीतको संगीत संयोजन सुजिल कर्माचार्यले गरेका हुन्। गीतको भिडियो विकेश मगरले बनाएका हुन्।
भिडियाे