Jagaran Nepal आइतबार, साउन ३२, २०७७

काठमाडौं । कोरोना सं,क्र,म,ण,को ख,त्त,रा बढेसँगै दोलखा जिल्लामा शनिवार देखि एक साताको लागि लकडाउन घोषणा गरिएको छ । पछिल्लो समय जिल्लाको बिभिन्न ठाँउमा कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला सङ्कट व्यवस्थापन समितिको सिफारीसमा स्थानिय प्रशासनले लकडाउनको घोषणा गरिएको हो । भदौ ६ गते राति १२ बजेसम्मको लागि घोषणा गरिएको लकडाउनको अवधिमा अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लावासिलाई आग्रह गरिएको छ ।

त्यसैगरी अति आवश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सरकारी एवं गैरसरकारी कार्यालयहरु बन्द गर्ने, जिल्ला भरी सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने, जिल्ला भरीका सम्पुर्ण पसलहरु बन्द गर्ने तर अत्यावसेक खाद्यान्न, तरकारी तथा दुधजन्य पसलहरु भने विहान १० बजेसम्म खुला गर्न दिने प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताउनु भयो ।

यो पनि भदौ १५ गतेसम्मलाई अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको खत्तरा उच्च रहेको छ । यो बीचमा चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पीसीआर परीक्षण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पीसीआर परीक्षण गर्न लागिएको हो ।

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो ।सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको छ । यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेसन २०० श्ययाको हुनेछ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ ।

यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौँ भित्रिने पाँच हजार बढी यात्रुको पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो । यस्तै, नगरपालिकाले नगरपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणदर फैलिँदै गएसँगै आगामी भदौ १५ गतेसम्मलाई अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ ।