Jagaran Nepal आइतबार, साउन ३२, २०७७

काठमाडौ । वैदेशिक रोजगारीका लागि दुवई पुगेका यि युवालाई कोरोना पुष्टि भयो । उनलाई त्यहाँको अस्पतालमा लगियो । तर अस्पतालले उनलाई फिर्ता पठाइदियो । कुनै औषधी नदिई फिर्ता पठाइएको यि युवाले आफले आयुर्वेदिक औषधी खाएर कोरोनालाई जितेको बताएका छन् ।

अस्पतालवाट घर आएपछि उनलाई श्वास फेर्न निकै अप्ठेरो भयो । तर उनले हिम्मत हारेनन् । तातोपानीमा कागती हालेर अधुवा, वेसार लगायतका जडिबुटी हालेर पानी दिनहुँ खान थालेपछि आफुलाई निको भएको उनले बताएका छन ।

निकै अप्ठेरो अवस्थामा पुगिसक्दा पनि उनले जडिबुटि नै खाए । हिम्मत हारेनन् । तिन दिन उनलाई श्वास फेर्न पनि निकै समस्या भयो । तर उनले जडिबुटिवाला पानी खान छोडेनन् । तिन दिन पछि उनको स्वास्थ्यमा विस्तारै परिवर्तन आयो । अहिले उनी २१ दिनको आराम पछि कामा जान थालेको बताएका छन् । आफुलाई नेपाली जडिबुटि र नेपालको भान्छामा प्रयोग हुने मसला खाएर कोरोना निको भएपछि उनले अरुलाई पनि त्यही उपाय अपनाउन आग्रह गरेका छन् ।

कोरानो लाग्दैमा नआत्तिन र आफ्नो भान्छामा प्रयोग गरिने मसला र बेसार खान आग्रह गर्दै शान्त भएर बस्न भनेका छन् । परदेशमा कोरोना संक्रमित भै श्वासप्रश्वासमा केहि कठिनाइ आउदा समेत हिम्मत नहारी, आत्मबल दह्रो बनाई तातोपानी, नुन, कागती, अदुवा र बेसार खादै तातोपानीको वाफ लिदै आफ्नो उपचार आफै गरेर ठिक भएका यि नेपालीले आफ्नो कुरा भिडियो मार्फत सार्वजनिक गरेका हुन् ।

कोरोना लाग्दैमा केही हुन्न, आत्मविश्वास बलियो बनाएर यसको सामना गर्नेहो भने आफै निष्क्रिय हुन्छ । त्यसैले आत्तिनु पर्दैन । मिडियामा प्रचारबाजी गरिए झै यो कुनै ड’रलाग्दो महा’मारी हैन ।
भिडियाे