Jagaran Nepal आइतबार, साउन ३२, २०७७

काठमाण्डौ – कुनै बेला कलाकारको रुपमा आफुलाई स्थापित बनाउ संघर्ष गरेकी कल्पना मुडभरी (पौडेल) को नाम अ’पराधको दुनियामा जोडिएको छ । उनी एक कलाकार थिइन् । उनले सरी ल र हर्के हवल्दार टेलिफिल्ममा भूमिका निभाएकी थिइन् । तर उनले आफनो जिवनमा गरेको अ’पराध भने कुनै फिल्मको भन्दा कम छैन । सबैको मन मुटु कपाउने खालको छ । काठमाडौको गोंगबुमा ६ दिन अघि भएको घटनामा कल्पना पौडेलको हात भएको प्रहरी अनुसन्धानवाट देखिएपछि अहिले उनी हिरासतमा छन् । उनले रोल्पाका कृष्णबहादुर वोहराको वि’भत्स तरिकाले ज्या’न लिइन् । उनी मात्र यो घटनामा सामेल भइनन् जिवनलाई राम्रोसंग बुझ्नै नपाएका आफन नाबालक छोराछोरी पनि सामेल गराइन् ।

उनी एक कलाकार पनि थिइन् भन्ने कुरा सार्वजनिक भएपछि अहिले उनले अभिनय गरेका टेलिसिरियलका बारेमा खोजि हुन थालेको छ । त्यती ठूलो घटना गराउन सक्ने कल्पना कस्ति छन् भन्ने कौतुहलता सबैमा छ । त्यसैले उनले अभिनय गरेका टेलिसिरियलका भिडियो खोजि हुन थालेको छ । पहिला त्यती नचलेका उनका कार्यक्रमका भिडियो यो घटना पछि चल्न थालेका छन् । मानिसहरुले ति सिरिययल खोजी गर्न थालेपछि भिडियोको भिजिटर पनि बढेका छन् ।

चितवनकी कल्पना मुडभरी विवाहित हुन् । तर श्रीमानसंग सम्बन्ध विग्रिएका कारण उनी छोराछोरी सहित काठमाडौमा बस्दै आएकी थिइन् । दुई विवाह गरेका कृष्णबहादुर पनि दुवै श्रीमतीसंग सम्बन्ध विग्रिएका कारण एक्लै थिए । उनी ८ महिना देखि गोंगबुकै एक होटलमा बस्दै आएका थिए । फेसवुकवाट चार वर्ष अघि चिनजान भएको उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो । तर दुई जनाबीच फेरी समझदारी हुन छोडेपछि घटनाले यति ठूलो रुप लिएको हो । प्रहरीले अहिले सो घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।
भिडियाे