Jagaran Nepal आइतबार, साउन ३२, २०७७

काठमाडौं। एउटी आमाले आफ्नी छोरीको बिहे आफ्ना प्रेमीसँग गराइदिइन् । छोरीको बिहे गराइसकेपछि पनि उनले ती प्रेमीसँग आफूले पनि अवैध सम्बन्ध जारी राखिन् । यो सबै सहन नसकेपछि छोरीले देहत्याग गरिन् । अहिले मृ-तककी बहिनीले आफ्नी आमाविरुद्ध दिदीलाई देहत्याग गर्न बाध्य पारेको अभियोगमा उजुरी दिएकी छिन् ।

आज तकका अनुसार घटना हैदराबादको हो । १७ वर्षकी छोरीले दिएको उजुरी अनुसार उनकी आमा १ वर्षदेखि पितासँग छुट्टिएर बसेकी थिइन् । यही समयमा उनकी आमा अनिताको पेरम नवीन कुमार नामका एक व्यक्तिसँग अ-वैध सम्बन्ध थियो । छोरीका अनुसार ती युवक प्रायः उनको घर आइरहन्थे । नवीनसँगको आफ्नो अ-वैध सम्बन्ध अगाडि बढाउनको लागि अनिताले आफ्नी जेठी छोरीको बिहे नवीनसँग गराइदिइन् ।

केही समयपछि छोरीले यो सब सहन सकिनन् र उनले देहत्याग गरिन् । छोरीका अनुसार उनकी मृ-तक दिदी हैदराबादको एक कलेजमा पढ्थिन् । गत वर्ष डिसेम्बरमा उनले आफ्नी आमा र आफ्ना पति नवीनको बीचमा अ-वैध सम्बन्ध रहेको थाहा पाएपछि उनले पतिको घर छोड्ने ध-म्की दिएकी थिइन् । बिहेपछि पनि आमा र नवीनको अ-वैध सम्बन्ध पहिलेजस्तै जारी थियो जसका कारण मृ-तक युवती निकै त-नावमा थिइन् ।

अ-वैध स-म्बन्ध जारी रहेपछि उनले आमा र पतिलाई यो सब बन्द नगरे देहत्याग गर्ने ध-म्की दिएकी थिइन् । तर, उनको ध-म्कीपछि पनि उनीहरुको अ-वैध स-म्बन्ध जारी रहेपछि उनले दिक्क भएर साँच्चिकै देहत्याग गरिन् । मृ-तककी बहिनीले मिरापेट पुलिस स्टेशनमा उजुरी दिएकी हुन् । पुलिसले उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ ।

यो पनि : क पत्रकार जसको दर्शकले टिभीमा हेरेर ज्यान बचाए

एउटा भनाइ छ, ‘सबै कुरा हेराइको खेल हो, कसैले धेरै कुरा देख्छ, कसैले केही देख्न सक्दैन ।’ तर, बिरलै यस्तो नजर पाइन्छ जसले कसैलाई हेरेर उसको शरीरभित्रको बिमारीलाई पहिचान गर्न सकोस् । अझ टिभीमा हेरेको मान्छेको बारेमा त्यस्तो कुरा पत्ता लगाउने त निकै कम होलान् । त्यसलाई त चमात्कार नै मान्नुपर्छ ।

तर, अमेरिकी टिभी त्यानल डब्लूएफएलएमा कार्यरत भिक्टोरिया प्राइसको हकमा भने यही चमत्कार भएको छ । उनको एक दर्शकले टिभीमा हेरेकै भरमा उनमा रहेको रोगलाई पहिचान गरेर डाक्टरलाई देखाउन सल्लाह दिएका थिए ।

भिक्टोरियाले बिहीबार सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै लेखेकी छिन्, ‘एक दर्शकले मलाई अघिल्लो महिना इमेल गरेका थिए । उनले मेरो घाँटीमा एउटा गाँठो देखेका रहेछन् । उनले त्यो गाँठो आफ्नोमा भएको गाँठो जस्तो भएको बताएका थिए । पछि त्यो गाँठो क्यान्सर भएको पत्ता लागेको उनको भनाइ थियो । नभन्दै मेरो गाँठो पनि क्यान्सरको गाँठो रहेछ ।’ उनले अब त्यसको उपचार शुरु गर्न लागेको पनि जानकारी दिइन् ।

ती दर्शकले इमेलमा लेखेका थिए , ‘हेलो, मैले भर्खरै तपाईंको न्यूज रिपोर्ट देखेँ । मलाई तपाईंको घाँटीमा देखिएको गाँठोको चिन्ता भइरहेको छ । प्लीज तपाईंको थायराइड जाँच गर्नुहोला । यो देखेर मलाई मेरो घाँटीमा भएको गाँठोको याद आयो । त्यो गाँठो क्यान्सरको थियो । सर्तक रहनुहोला ।’

भिक्टोरियाले ट्वीटसँगै आफ्नो फोटो पनि शेयर गरेकी छिन् । जसमा एक फलोअरले त्यसमा कुनै गाँठो नदेखिएको बताएका छन् । जसमा भिक्टोरियाले प्रष्ट पार्दै लेखेकी छिन्, ‘म सहमत छु, यो यति सजिलै देखिँदैन । त्यसलाई ध्यान दिएर नहेरेसम्म देख्न सकिँदैन । डाक्टरहरुले यो ट्युमर मेरो थायराइडको बीचमा रहेको छ र यसले मेरो ग्ल्यान्डसलाई अगाडि र माथि धकेली रहेको छ । जसले गर्दा यो अलि बाहिर निस्करहेको देख्न सकिन्छ ।’ भिक्टोरियाले इन्सटाग्राममा पोष्ट गर्दै ती दर्शकलाई धन्यवाद दिएकी छन् ।