Jagaran Nepal आइतबार, साउन ३२, २०७७

राजविराज । क्वारेन्टाइनमा बसेकी बेहुलीलाई कोरोना संक्रमण पुष्टि हुँदा उनका बेहुलालाई भने कोरोना नेगेटिभ देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणअनुसार सप्तरीको कञ्चनरुप नगरपालिका(२ का २० वर्षीया ति महिलालाई बिहे गरेर भारतको सुपौलबाट ल्याएको १० दिनमा कोरोना पुष्टि भएको हो ।

विवाह गरेर घरमा राखेको जानकारी पछि नगरपालिकाले बेहुला – बेहुली दुवै जनालाई क्वारेन्टिनमा राखेर स्वाबको पीसीआर परीक्षण गर्दा बेहुलीमा कोरोना पोजेटिभ देखिएको तथा बेहुलामा भने कोरोना संक्रमण नभएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यसैबिच प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नम्बर – २, जनकपुर सम्पर्क कार्यालय राजविराजका २१ जना प्रहरीमा शनिबार कोरोना पोजिटिभ देखिएको बताइएको छ ।