Jagaran Nepal आइतबार, साउन ३२, २०७७

एजेन्सी– भारतको उत्तर प्रदेशबाट प्रेम विवाह भएपछि एक जोडीबारे अनौठो समाचार बाहिर आएको छ । उनीहरु एउटै कार्यालयमा काम गर्दै थिए, प्रेममा परे र विवाह गरे ।

तर, विवाह गरेको ७२ घन्टा पनि नबित्दै यो जोडीकी पत्नी प्रहरी चौकीमा पुगेकी छिन् । चौकीमा पुगेर उनले श्रीमानको परिवारले आफूलाई स्वीकार नगरेको आ रो प लगाएकी छिन् । उनका अनुसार उनलाई घरमा स्वीकार गरिएको छैन । यसले गर्दा घरमा समस्या भएको भन्दै ती युवती प्रहरीमा पुगेकी हुन् ।

दीपक र आयशाको जोडीः ख्यालख्यालमै बसेको प्रेम चुमिरहेछ सफलताकाे शिखर

तेक्वान्दोमा लागेको सफल परिवारको उदाहरण दिने हो भने दीपक विष्ट र आयशा शाक्यको जोडीलाई कसले पो छुटाउला र ? नेपालका लागि तेक्वान्दोबाट सागमा मात्र ७ स्वर्ण दिलाएको यो जोडीको प्रेम यात्रा पनि त्यस्तै स्वर्णिम छ, जसलाई सुनाउँदा पनि दीपक खुसी हुन्छन् ।

केही दिनअघि बानेश्वरमा श्रीमती आयशाबारे कुरा गर्न भेटिएका दीपक त्यस्तै ‘जोली मुड’मा थिए, जहाँ उनले छोटो समयमा निकै धेरै कुराहरु सेयर गरे ।र, त्यो सुरु भयो, उनको र आयशाको भेटबाट ।

‘सन् २००० हुनुपर्छ,’ दीपकले भने, ‘हाम्रो पहिलो भेट भएको ।’ तर, यो भेट त्यस्तो योजना बनाएर गरिएको भेट थिएन । त्यति बेला दीपक कुशल खेलाडीमा दरिइसकेका थिए, आयशा भर्खर तेक्वान्दो सिक्दै थिइन् । दीपकहरुलाई सम्मान गर्न आयशाका प्रशिक्षकले एक दिन पाटन तेक्वान्दो डोजाङमा बोलाए ।

त्यहाँ आयशा तेक्वान्दो सिक्दै थिइन् । त्यो पहिलो भेटमा दीपक र आयशाले एकअर्कालाई देखे, खासै कुराकानी गरेनन् । ‘म सिनियर थिएँ, उनीहरु सिकिरहेका थिए, कुराकानी गर्ने माहोल नै थिएन,’ दीपकले भने ।सायद यी दुईको त्यही भेटपछि भेटघाट निरन्तर हुने कुरा ‘लेखिएको’ थियो, सायद यही नै यी दुईको डेस्टिनी थियो ।

त्यसको चार वर्षपछि आयशा पनि राष्ट्रिय टिममा परिन् । ‘अनि त हाम्रो भेटघाट पनि बाक्लिन थाल्यो,’ दीपक मुस्कुराए । त्यति बेला दीपक र आयशा दुवै शंखमुलमा बस्थे, दुवै प्रशिक्षणमा जान्थे । ‘विस्तारै हामीसँगै जान थाल्यौँ,’ दीपकले भने, ‘म उनको खेलप्रतिको लगावले आकर्षित हुन थालेँ ।’

‘ख्यालख्यालमै हामीबीच माया बस्यो,’ दीपक फेरि मुस्कुराए, ‘म त खासमा उनीसँग उनको खेलप्रतिको लगावका कारण आकर्षित भएको थिएँ, उनले देखाएको मेहनेतका कारण आकर्षित भएको थिएँ, त्यसमा माया पनि मिसिएको रहेछ भन्ने त मलाई धेरै पछि मात्र थाहा भयो ।’

विस्तारै यी दुईबीच घनिष्ठता बढ्दै गयो । उनीहरुले विवाह गर्ने निर्णयमा नै पुगे । अहिले यी दुईका दुई छोरा छन् ।योबीचमा यी दुई सागमा ७ स्वर्ण मात्र होइन, अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निकै धेरै पदक जितेका छन् । अनि कुनै समय आयशालाई खेलाडीका रुपमा मात्र हेर्ने दीपकले अहिले आयशालाई पत्नीका रुपमा पनि सहज पाएका छन् । ‘उनी जति खेलकुदमा सफल छिन्,’ दीपकले भने, ‘त्यति नै पत्नीका रुपमा पनि सफल छिन् ।’

यतिमात्र होइन, दीपकले त आयशालाई श्रीमतीका रुपमा होइन, जीवनसाथीका रुपमा हेरेका छन् । ‘उनी त मेरो अभिन्न अंग हुन्,’ दीपकले भने, ‘म भाग्यमानी रहेछु, मैले उनीजस्तो पूर्ण श्रीमती पाएँ ।’सँगै खेल्ने साथी, श्रीमती र अहिले प्रशिक्षक भएर तीन चरणमा आयशासँग दीपकको संगत छ । उनले भने, ‘प्रशिक्षकका रुपमा पनि म उनलाई निकै अनुशासित र खेलप्रति समर्पित खेलाडीका रुपमा पाउँछु ।’

ख्यालख्यालमै बसेको माया यो चरणसम्म आइपुग्दा दीपकले सबैभन्दा बढी महसुस गरेको कुरा चाहिँ आयशाको देशप्रतिको माया र सम्मान हो म उनको सिनियर खेलाडी भएँ, समकक्षी खेलाडी भएँ, प्रेमी भएँ, श्रीमान भएँ र अहिले प्रशिक्षक भएको छु,’ दीपकले भने, ‘एउटै व्यक्तिसँग यति धेरै आयामबाट जोडिन पाउँदा म निकै खुसी छु, यो जीवनको रमाइलो पक्ष पनि हो नि ।अहिले त यो रमाइलोमा आयशाले जितेको साग स्वर्णले थप उत्साह थपेको छ । ‘आमा बनेपछि आयशाले आफ्नो विधा नै परिवर्तन गरिन्,’ दीपकले भने, ‘फाइटिङ विधाबाट खेल्ने आयशा रिङमा पुम्सेबाट उत्रिइन् र पनि स्वर्ण जितिन् ।’

यसको कारणका रुपमा दीपक उनको मेहनेत, लगनशीलता तथा आत्मविश्वासलाई मान्छन् । ‘आखिर आफूमाथि विश्वास गर्ने हो र त्यहीअनुसार अगाडि बढ्ने हो भने केही पनि असम्भव रहेनछ,’ दीपकले भने ।यो जोश, उत्साह, रमाइलो र सफलताको यात्रामा दीपकसँग केही दुखेसा पनि छन् । ‘कलिला दुई छोरालाई समय दिन पाएका छैनौँ हामीले,’ दीपकले भने, ‘कलिला बच्चाहरुलाई छोडेर खेल्न जाँदा कसको मन पो रमाउँछ र त्यसो त दीपक र आयशा खेल वा प्रशिक्षणका लागि क्लोज क्याम्पमा बस्दा पनि छोराहरुको कुरा गरिरहेका हुन्छन् । ‘मनमा गाँठो पर्छ, के गर्दै होलान्, के भन्दै होलान् भन्ने सोच्छु नि,’ दीपकले भने ।

तर, यो सब पीडालाई बुझाउने बाटो पनि दीपकसँग नभएको होइन । ‘देशका लागि यो सब गरिरहेका छौँ भन्ने भावना मनमा आउँदा अरु पीडा आफैं साना बन्दा रहेछन्,’ दीपक केहीबेर रोकिए र भने, ‘देशका लागि हामीले जे त्याग गरेर अगाडि बढिरहेका छौँ, त्यो अनुसार फल पनि पाइरहेका छौँ नि त ।’यो सब हुँदाहुँदै पनि बेलाबेला दीपक र आयशाको मन कुँडिन्छ । जस्तो कि १३ औं सागअघि दीपकलाई विश्वास नै थिएन, आयशाले स्वर्ण जित्लिन् भन्ने ।‘घरमा सानो बच्चा छोडेर आयशा खेल्न उत्रिएकी थिइन्,’ दीपकले भने, ‘मलाई लागेको थियो, उनी मानसिक दबाबमा पक्कै हुन्छिन्, खेलमा भन्दा बढी घरमा उनको ध्यान जाला भन्ने चिन्ता थियो ।’

यही चिन्ताका कारण दीपकले आयशालाई सम्झाएका थिए– यो घरबारे सोच्ने समय होइन, देशबारे सोच ।यसोभन्दा दीपक आयशाको प्रशिक्षकका रुपमा थिए । ‘जतिबेला जुन भूमिकामा हुन्छु,’ दीपकले भने, ‘त्यो त निर्वाह गर्न नै पर्यो ।आखिर आयशाले सफलता प्राप्त गरिन् । १३ औं सागमा उनले तीन स्वर्ण जितिन् ।यो आयशाको मात्र सफलता होइन,’ दीपकले भने, ‘सबै आमाहरुको सफलता हो । आयशाले त आमाहरु कमजोर हुँदैनन् भन्ने सिकाइन्, उनको सफलताले त आमाहरुको शीर उँचो बनाएको छ नि ।’

तर, यो सफलतापछाडि आयशाको कम दुःख रहेको छैन । उनले साग प्रशिक्षणको समयमा त घरमा छोराहरुलाई ‘झन्डै’ भुलिसकेकी थिइन् । ‘त्यहाँभन्दा अगाडि पनि आयशा राति अबेरसम्म अभ्यास गर्थिन्,’ दीपकले भने, ‘उनले आफू आमा हुँ भनेर पूर्ण रुपमा आफूलाई खेलमा पनि समर्पित गरेकी छिन् ।’दीपक आयशाका पति र प्रशिक्षक भएकाले आयशालाई उनले अरु खेलाडीलाई भन्दा बढी बुझेका छन् । ‘आक्रामक भएर खेल्छिन्,’ दीपकले भने, ‘यो उनको सबल पक्ष हो, तर घरको चिन्तामा डुब्छिन्, यो उनको कमजोर पक्ष हो ।’