Jagaran Nepal आइतबार, साउन ३२, २०७७

काठमाडौँ । एउटा लोक कथाका अनुसार प्राचीन समयमा एक जना किसानको आर्थिक अवस्था निकै कमजोर थियो। यसको घरमा श्रीमती र एक बच्चा थिए। पैसाको कमीले गर्दा ती किसान सधैं दुखी रहन्थे र एक दिन उनको मृ-त्यु भयो। किसानको मृ-त्यु भएपछि उनीकी श्रीमतीले आफ्नो छोरालई हीराको हार दिँदै भनिन्,’यसलाई हीरा व्यापारी आफ्ना काकाको पसलमा बेचिदेउ। अनि त्यसबाट आएको पैसाले हाम्रो समस्या समाधान हुन्छ।’

उनको छोरो हीराको हार लिएर काकाको पसलमा पुगे। काकाले हीरा हेरे अनि भने,’अहिले बचारमा राम्रो मूल्य छैन। यो हार पछि बेच्नु। तिमीलाई पैसाको आवश्यक छ भने म पैसा दिन्छु। तिमीले मेरोमा काम गर्न सुरु गर।’ उनले काकाको कुरा माने।’ भोलि पल्ट देखि उनले काकाको पसलमा काम गर्न थाले। विस्तारै विस्तारै उसले हीराको विषयमा राम्रो जानकारी पाउन थाले। उनी तत्काल सक्कली र नक्कली हीरालाई चिन्न सक्ने भए।

एक दिन काकाले उसलाई बचारमा हीराको मूल्य राम्रो छ तिमी आफ्नो हीरा बेच्न सक्छौ भनेर सुनाए। उनले आफ्नी आमासँग भनेर हीरा ल्याएर काकालाई दिए। हीरा आफूले पाएपछि काकाले भने,’अब तिमी सक्कली र नक्कली हीरा आफैं चिन्न सक्छौ। अब यो हीराको मूल्य आफैं भन्न सक्छौ। अब तिमीले नै यो हीराको मूल्य तोक।’ उनले हिरालाई ध्यान पूर्वक हेरे, त्यसपछि थाहा भयो की त्यो हीरा त नक्कली पो रहेछ। नक्कली हीराको कुनै मूल्य हुँदैन।

उनले यो कुरा काकालाई भने। काकाले भने–मलाइ सुरुमा नै थाहा थियो यो हीरा नक्कली हो। तर मैले त्यो दिन यो हीरा नक्कली भनेको भए तिमीहरुले मलाइ गलत रुपम बुझ्थेउ। तिमीहरुलो के लाग्थ्यो भने म यो हीरा हडप्न चाहन्छु, त्यही भएर मैले यो हीरालाई नक्कली हिरा भने। त्यो बेला तिमीलाई हीराको कुनै ज्ञान थिएन। खराब समयमा अज्ञानताका कारण हामी अरुलाई गलत बुझ्छौं।