Jagaran Nepal शनिबार, साउन ३१, २०७७

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा सुटकेशमा शव भेट्नासाथ अनुसन्धानका लागि ट्रयाकिङ डग प्रयोग गरियो । जसको नाम थियो– ‘जोजो ।’ ट्रयाकिङ डगले शव भेटिएको करिब ३ सय मिटर पर जेब्रा झोलामा फालिएको शवको टाउको र खुट्टा पत्ता लगायो । त्यसपछि अपराध महाशाखा र काठमाडौँ प्रहरीले त्यो अपरेशनको नाम दिए– ‘अप्रेशन जोजो ।’

दुई दिन र दुई रातको मेहनतपछि ‘अप्रेशन जोजो’ सफल भएको छ । मंगलबार काठमाडौँ प्रहरी प्रमुख प्रहरी बरीष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले संयुक्त पत्रकार सम्मेलन गरेर दाङका ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेका छन् ।

रोल्पा रुन्टीगढीका बोहोरापछि दाङ झरेका हुन् । परिवार र आफन्तसँग सम्पर्क नहुँदा बोहोराको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार मध्यान्ह प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेपछि बोहोराको मामा प्रहरी सम्पर्कमा पुगे । मामाले शव चिनेपछि ‘अप्रेशन जोजो’ अझै रफ्तारमा अगाडि बढ्यो ।यसैबीच यस घटनामा सत्य बोल्दै आएकी शर्मिलाले खोलिन अर्को कुरा ? –
भिडियाे