Jagaran Nepal शनिबार, साउन ३१, २०७७

एजेन्सी- मानिसहरु घरमा श्रीमती भएर पनि बाह्य सम्बन्धमा हुन्छन्। यसले परिवारलाई भाड्ने काम गर्दछ । बाह्य महिलासँग श्रीमानको सम्बन्धबारे थाहा पाउँदा श्रीमतीहरु रिसाउँछन्। सामाजिक रुपमा यस कार्य स्वीकार्यसमेत छैन । तर, थाइल्यान्डकी ३२ वर्षीया वारिसारा पोक्रिचान आफ्ना श्रीमानका कान्छी श्रीमतीसँग मिलेर बसेकी छन्। उनीहरु दुवै साथीजस्तै छन् । ४२ वर्षीय मानोप नुटायोथिनले १० वर्ष अगाडि पोक्रिचानलाई दोस्रो श्रीमतीको रुपमा विवाह गरेका थिए। मानोपको पहिलो श्रीमतीको निधन भएको थियो।

तर मानोप बाह्य महिलासँगको प्रेममा परे। बाह्य सम्बन्धकाबारेमा थाहा पाउँदा पोक्रिचान रिसाइनन् । उनले आफ्ना श्रीमानका पे्रमीका २६ वर्षीया नाटया टोङपानलाई घरमा स्वागत् गरिन्। मानोप र नाटयाले पोक्रिचानकै सहयोगमा विवाह गरे। यतिबेला दुवै श्रीमतीको साथमा मानोप एकै घरमा बस्दै आएका छन्। उनीहरु निकै खुशी छन्। तीनै जना मिलेर काम गर्छन्। घर खर्च जुटाउँछन् ।

मानोप कार व्यापारी हुन्। दुवै श्रीमती कार व्यापारमा मोडलका रुपमासमेत काम गर्छन् । मानोप परिवारको ९ सन्तान छ। पहिलो श्रीमतीबाट ३ सन्तान, पोक्रिचानबाट ३ सन्तान र नाटयाबाट ३ सन्तान छ। उनीहरु सबै मिलेर ९ सन्तानको हेरचाह गरिरहेका छन् ।

थाइल्यान्डमा एक श्रीमान र दुई श्रीमती सँगै खुशीका साथ बसेका छन् भन्नेबारे सार्वजनिक भएपछि उनीहरुलाई टेलिभिजन कार्यक्रममा आनन्त्रितसमेत गरिएको थियो। उनीहरुले त्यहाँ भनेका थिए,‘प्रेम र विश्वास भए सबै सँगै मिलेर बस्न सकिन्छ।’

यो पनि पढ्नुहोस : बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित

जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिरहेको थियो । पुलिस थुप्रै दिनदेखि चोरीको बढ्दो मामलाका कारण तनावमा थिए ।

घरमा भेटिए १५९ सिटः ओकियोले पहिलो पटक अगस्टमा साइकलको सिट चोरेका थिए । जुन व्यक्तिको सिट ओकियोले चोरेका थिए ती व्यक्तिले पुलिसलाई यसबारे उजुरी दिएका थिए । पुलिसले जब अनुसन्धान सुरु गरे तब सिसिटिभी क्यामरामा आकियोले चोरी गरिरहेको स्पष्ट देखिएका थिए । उनले निकै सावधानीपूर्वक साइकलको सिट निकालेर आफ्नो बास्केटमा राखेको देखिएका थिए । त्यसपछि उनी पुलिस रडारमा आएका थिए ।

पुलिसले आकियोलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा दंग भए । उनको घरबाट १५९ साइकल सिट बरामद गरियो ।पुलिसलाई दिइएको बयानमा आकियोले भने, ‘सन् २०१८ मा मेरो साइकलको सिट चोरी भएको थियो । जसका कारण मैले ठूलो समस्याको सामना गर्नुपर्‍यो । त्यसपछि मैले आफूले जस्तो समस्या भोगेँ त्यही समस्या अरुले पनि भोगुन् भन्ने उद्देश्यले यस्तो गरेको हुँ । त्यसकारण मैले पुलिसलाई यसबारे जानकारी दिनुको साटो चोरी गर्न सुरु गरेँ ।’