Jagaran Nepal शनिबार, साउन ३१, २०७७

एजेन्सी । बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् । बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । घटना बुधबारको हो कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन्।‘हामीले रघुकुमारविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् ,’ हसननगरका एसपी श्रीनिवास गोदले भने ।

प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् । रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए ।

तथापि, रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए ।विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा जनाइएको छ ।

यो पनि भारतले रोक्यो चीनसँगका सबै उडान

भारत सरकारले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना सबै विमान सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ। यो व्यवस्थासँगै अब भारतले कुनै चिनियाँ सहरहरुमा उडान गर्ने छैन।

कोरोना भाइ’रस संक्र’मणबाट बच्न भारतले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना विमान कम्पनीहरुलाई निर्देशन दिएको हो।भारत सरकारको अध्यागमन कार्यालयले चीनबाट कुनै चिनियाँ वा अरु कुनै देशको नागरिकलाई नल्याउन आफ्ना विमान सेवा कम्पनीहरुलाई आग्रह गरेको हो।

भारतले यो व्यवस्था तत्काल लागू हुने गरी पालना गर्न र अर्को व्यवस्था नहुञ्जेलसम्म कायमै राख्न पनि निर्देशन दिएको छ। चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइ’रसका कारण अहिलेसम्म ६३६ को ज्या’न गइसकेको छ।