Jagaran Nepal शनिबार, साउन ३१, २०७७

ऐजेन्सी । भारतको गुजरातमा एउटा अचम्मको घ टना भएको छ । जसले सबैलाई चकित बनाएको छ । आमाबुवालाई आफ्ना छोराछोरीको भविष्य सबैभन्दा पृय हुन्छ । उनीहरुको खुसीका लागि आमाबुवा जे पनि गर्न तयार हुन्छन् । तर गुजरातमा भएको एक घ ट नाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घ ट नाले प्रेम अ न्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको गरिदिएको छ ।

गुजरातमा एक जोडी युवायुवतीको विवाहको कुरा चलेको थियो । केटा र केटी पक्षका सबै राजि थिए । तर अचानक घ ट नामा ट्वीष्ट आयो । अचम्म के भयो भने जब दुलाहाका बुबा र दुलहीकी आमा लिएर बे प त्ता भए ।

विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । हुनेवाला बेहुला बेहुली आफ्ना आमा र बुवा खोज्न हिडेका छन् । बेहुलाका बुवा ४८ वर्षीय व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट ह राए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट ह रा एकी हुन् । दुवै जना ह रा एपछि उनीहरुका छोराछोरीले खोजीका लागि प्रहरीमा उजुरी दिएका छन् ।

घ ट ना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ । विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका छन् ।