Jagaran Nepal शनिबार, साउन ३१, २०७७

सल्यान । त्रिवेणी गाउँपालिकाको वडा कार्यालयमै अ’श्लिल हर्कत भएको छ । वडा ४ को कार्यालयमा अ’श्लिल कार्य भएको हो । परस्त्रीसँग अ’श्लिल कार्य गरेको आरोपमा वडाध्यक्ष छविलाल शर्मा पक्राउ परेका छन् ।

बासिन्दाले वडाध्यक्ष शर्मालाई परस्त्रीसँग अ’श्लिल कार्य गरेको अवस्थामै समातेर प्रहरीलाई बुझाएका हुन् । स्रोतका अनुसार वडाध्यक्ष शर्माले श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका थिए । वडाध्यक्ष शर्माले बिहीबार राति ती घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरे । शर्माले ती महिलालाई राति वडा कार्यालय पुर्याए । अनि उनीहरुबीच अ श्लिल कार्य हुन थाल्यो ।

स्थानीयले त्यहीबेला दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए ।उनीमाथि वडा कार्यालयमै यौ नजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

त्रिवेणी गाउँपालका–४ का वडाध्यक्ष छविलाल शर्मा लुहाममा बस्छन् । श्रीमती र दुई छोरासँग लुहाममा बस्दै आएका वडाध्यक्षका बा–आमा भने फलाबाङमा बस्छन् । लामो समयदेखि लुहाम बजारमा खाद्यन्न, किराना, गल्लाको व्यापार गर्दै आएका शर्मालाई नेपाली काँग्रेस सल्यानले स्थानीय तहको निर्वाचनमा टिकट दिएपछि वडाध्यक्षमा बाजी मारेका थिए ।

असार १७ गते घटना हुनको दिन राती उनी फलाबाङमा रहेका बा–आमालाई भेट्ने भन्दै केरा लिएर हिँडेको पारिवारिक स्रोतले बताएको छ । सार्वजनिक पदधारण गरेको व्यक्तिले खुलेआम वडा कार्यालयमै यौ नजन्य क्रियाकलाप मच्चाउँदा कारबाही गर्नुको साटो प्रहरीले उल्टै छाडेको भन्दै आन्दोलनमा उत्रिनुपरेको ४ नम्बर वडा सदस्य सीता बस्नेतले जानकारी दिइन् ।

स्थानीयले ४ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा सयौंको संख्यामा स्थानीय पुगेर दबाब समेत दिएका छन् । अध्यक्षको राजीनामा र कारबाही नहुँदासम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने स्थानीयले बताएका छन् । त्रिवेणी गाउँपालिका अध्यक्ष मानबाहादुर डाँगीले जनताका जनप्रतिनिधी राती १२ बजे पनि कसैको घर जान पाउने भन्दै घटनाको बचाउन गरेका छन् ।

‘जनताका जनप्रतिनिधि दुःख बिमारी पर्दा राती १२ बजे पनि कसैको घरमा जान पाउँछन् । गाउँपालिका अध्यक्ष डाँगीले भने– ‘वडाध्यक्ष कसैको घरमा त गएका छैनन् । वडा कार्यालयममा कुनै मान्छे सहयोग माग्न आउँदा अरुलाई किन आपत्ति ?’ घटनाको पिडित मान्छे अहिलेसम्म आफूले नभेटाएको भन्दै नेकपाले नै यसलाई मुद्दा गराएको आरोप अध्यक्ष डाँगीले लगाए । अध्यक्ष डाँगी विभिन्न व्यक्तिले लेखेको स्टाटसमा पनि झुरिएका छन् ।