Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ। हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ।

भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको निशानले व्यक्तिको सौभाग्य बढाउँछ। हत्केलामा यस्तो शुभ चिह्न हुने व्यक्तिले सुखसुविधा र मानसम्मान प्राप्त गर्छन्।

यस्तै एक शुभ चिह्न त्रिशूल पनि हो।

शुक्र पर्वतमा त्रिशूल भएमा व्यक्तिले जीवनमा साँचो प्रेम पाउँछ। यस्तो व्यक्तिले अरूको भावना बुझ्छ। शुक्र पर्वत बूढी औंलाको ठीकमुनि हुन्छ र जीवनरेखाले यसलाई घेरेको हुन्छ।

कसैको हत्केलामा रहेको मंगल पर्वतमा त्रिशूल भएमा व्यक्ति कडा मेहनत गरेपछि धनी हुन्छ। मंगल पर्वत हत्केलामा दुई ठाउँमा हुन्छन्। एक मंगल पर्वत गुरु पर्वत र शुक्र पर्वतको बीचमा हुन्छ अनि अर्को चाहिँ चन्द्र पर्वत र बुध पर्वतको बीचमा हुन्छ।

चन्द्र पर्वतमा त्रिशूल छ भने व्यक्ति कल्पनाशील र रचनात्मक हुन्छ। यो पर्वत बूढी औंला र शुक्र पर्वतको ठीकअघि हत्केलाको अर्कोपट्टि हुन्छ।

कान्छी औंलाको मुन्तिर बुध पर्वत हुन्छ। बुध पर्वतमा त्रिशूल भएमा व्यक्ति बुद्धिमान हुन्छ र बुद्धि खियाएर धनी बन्छ।

गुरु पर्वतमा त्रिशूल भएमा व्यक्ति सफलताका साथै प्रसिद्धि प्राप्त गर्दछ। यो चोर औंलाको मुन्तिर हुन्छ।

माझी औंलाको मुन्तिर शनि पर्वत हुन्छ। शनि पर्वतमा त्रिशूल भएमा व्यक्ति ज्ञानी र धनी हुन्छ।