Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

बैतडी । १४ दिन सम्म क्वारेन्टिनमा बसेर कुनै लक्षण नदेखिएपछि घर पठाइएकाहरुमा फेरी कोरोना देखिएपछि त्रा’स उत्पन्न भएको छ । बैतडीमा दुई जनामा फेरी कोरोना पोजेटिभ देखिएको हो । उनीहरु १४ दिन क्वारेन्टिनमा बसेर कुनै लक्षण नदेखिएपछि घर पठाइएको थियो ।

घर गएर उनीहरु परिवारका सदस्य र समाजमा घुलमिल भएका थिए । अहिले फेरी परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि समस्या उत्पन्न भएको हो । स्थानियमा त्रा’स पनि फैलिएको छ । बैतडीको सुर्नया गाउँपालिका (७ का दुई जनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले पुष्टि गरेका छन् ।

कोरोना पुष्टि भएका तर कुनै लक्षण नदेखिएका दुवै जनालाई १४ दिने क्वारेन्टाइन बसाईपछि घर फर्काइएको थियो । तर उनीहरुको घरमा पुगेपछि गरिएको स्वाब परिक्षणमा कोरोना फेरी पनि पोजेटिभ देखिएको हो । उनीहरुले डडेल्धुरा प्रयोगशालामा परिक्षण गराएका थिए ।

पुनः सं’क्रम’ण देखिएका नागरिकका सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए। गाउँपालिका भरीका संक्रमितका सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर परिक्षण थालिएको हो ।

जिल्लाका ३२२ जना कोरोना संक्रमितमध्ये १५ जना मात्रै विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका छन् भने अन्य सबै डिस्चार्ज भइसकेका छन्। कोरोना पोजिटिभ देखिए पनि १४ दिनको क्वारेन्टाइन बसाईपछि लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण बिनै घर पठाइने गरेको छ ।