Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

इटहरी । १३ वर्ष अघि एउटा साथीको विवाहमा जन्ती गएका यि दुई जना त्यसपछि लु’क्दै हिडे । प्रहरीले पनि उनीहरुलाई खोजि गरिरहेको थियो । तर घटना भएको १३ वर्ष पछि उनीहरु पक्राउ परेका छन् । साथीको विवाहमा जन्ती गएको समयमा एक जनाको ह त्या गरेर फ’रार भएका दुई जनालाई प्रहरीले १३ वर्ष पछि पक्राउ गरेको हो ।

साथीको विवाहमा रमाउँदै गएका उनीहरुका कारण विवाहमा विवाद सिर्जना भएको थियो । सामान्य विवादकै क्रममा छुरा प्र’हा’र गरी ज्या’न लिएका थिए । उनहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले १३ बर्ष पछी पक्राउ गरेको छ । उनीहरुलाई गत साउन २६ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तत्कालीन बक्लौरी ६ का ३२ बर्षीय तुलसी चौधरी र ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पा रहेकोका छन् ।

पक्राउ परेका उनीहरूले २०६४ साल बैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा सामान्य विवादमा एकम्बा गाउँ बिकास समिती ४ का सुनेर कुमार ठाकुरको ज्यान लिएका थिए । छु’रा प्र’हा’रबाट घाईते भएका ठाकुरको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।

घटना घटाई फ’रा’र रहेका शेर्पालाई रामधुनी नगरपालिका ६ बाट र चौधरीलाई ईनरुवा नगरपालिका ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।