Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

आज बलिउड चर्चित हाँस्यकलाकार जोनी लिभरको आज जन्मदिन परेको छ । उनको जन्म दिनमा बिहानैदेखि थुप्रै कलाकारहरुले शुभकामना दिएका छन् ।

१४ अगस्टमा भारतको आन्ध्र प्रदेशमा जन्मिएका उनले हालसम्म दर्जनौ कमेडि चलचित्रमा अभिनय गरिसकेका छन् ।उनले र कुनै समय मुम्बइको सडकमा कलम बेच्थे। अहिले बलिउडकै चर्चित हाँस्यकलाकारको नाममा जोनीको नाम आउँछ।

सन् १९८४ बाट बलिउडमा पाइला टेकेका जोनीले १३ पटक ‘फिल्म फेयर बेस्ट कमेडियन’को अवार्डको लागि नोमिनेसनमा परिसकेका छन् । उनले अहिलेसम्म ३५० भन्दा बढी फिल्म खेलिसकेका छन्।