Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप ११९ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । यस अघि पनि उपत्यकामा ठुलो संख्यामा संक्रमित फेला परेका थिउ । बुधबार १३८ जना र बिहीबार १२७ जनामा कोरोना पुष्टि भएको थियो।

शुक्रवार संक्रमित हुनेमा काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० छन् । यस्तै शुक्रबार मात्रै थप ५९४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । बिहीबार मात्रै ५२५ जनामा कोरोना पुष्टि भएको थियो ।

गत २४ घन्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार हालसम्म १७ हजार ७७ जनाले कोरोना जित्नेका छन्।क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ पुगेको छ भने आइसोलेसनमा ७ हजार ९ सय १३ जनाको उपचार भइराखेको छ ।कोरोनाबाट ९९ जनाको निधन भइसकेको मन्त्रालयले जनाएको छ।