Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

काठमाडौ । काठमाडौको अन्नपुर्ण न्युरो अस्पतालमा एउटा अनौठो शल्यकृया भएको छ । एक जना विरामीको मादल बजाएर वे’होस नपारी शल्यकृया गरिएको छ । उनको टाउकाको शल्यकृया बे’होस नपारी गरिएको छ । चिकित्सकले शल्यकृया गर्दा विरामीले मादल बजाइरहेका थिए । बिरामीले मादल बजाउँदै जाने र चिकित्सकले शल्यकृया गर्दै जाने यस्तो अनौठो तरिकाले शल्यकृया गरिएको हो । शल्यकृयाकै क्रममा विरामीले मादल बजाइरहेको यो दृष्य अनौठो लाग्छ । नेपालमै भएको यो दर्लभ घटनाको भिडियो सार्वजनिक भएको हो ।

वरिष्ठ बाद्द्य वादक हुन् खड्ग बुढा । उनले ब्यवसायीक रुपमा मादल बजाउन थालेको ३२ वर्ष भयो । उनको ‘डिस्ट्रोनिया’को समस्या भएको चिकित्सकले बताएका छन् । यो रोगको शल्यकृया गर्दा चिकित्सकले उनलाई वे’होस नपारी मादल बजाउन लगाउन शल्यकृया गरे । शल्यकृया पछि बढाले भने, ‘मादल बजाउन लगाएर शल्यकृया गर्न थाल्नुभयो, मलाई त बजाउँदा बजाउदै सजिलो लाग्यो ।’ लोकगायक समेत रहेका बुढाले नेपालमा चर्चित गीतमा संगीत दिएका छन् ।

राष्ट्रिय नाचघरमा पनि आवद्ध छन् । उनले नेपालमा चर्चित गीतमा संगीत दिएका छन् । उनी लोकगीतका पारखी हुन् । ढोलक तबला पनि बजाउने गरेको भएपनि उनको मुख्य रुची भने मादलमा छ । उनलाई अचानक मादल बजाउँदै जाँदा उनलाई ६ महिना यता समस्या देखिन थाल्यो । उनको मादल बजाउदा ताल नमिल्ने हात दुख्ने लगायतका समस्या देखियो । त्यसपछि उनी उपचारका लागि अस्पताल गएका थिए । तर चिकित्कसहरुले उनको अनौठो तरिकाले उपचार गरिदिए ।

अहिले उनको हातमा र मादलको तालमा पनि समस्या छैन । सामान्य तरिकाले मादल बजाउन थालेका छन् । उनले उमेरसंगै आएको समस्या होला भनेर उनले आफै थेरापी पनि गरे । तर ठिक नभएपछि उनी अस्पताल पुगेका हुन् । चिकित्सकले उनको समस्या र कसरी त्यसवारे उपचार गरियो भन्ने विषयमा यो भिडियोमा खुलाएका छन् ।
भिडियाे