Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौं । कोराना भाइरस जनावरबाट मानिसमा सरेको भनिएपनि हालसम्म कुन जनावरबाट फैलिएको हो भन्ने एकिन भइसकेको छैन । विश्वकार धेरै वैज्ञानिकहरु कोरोना भाइरसको स्रोत पत्ता लगाउन लागि परिरहेका छन् तर सफलता हात पार्न सकेका छैनन् ।

थाइल्याण्डका अनुसन्धानकर्ताहरुले चमेरो माथि अनुसन्धान थालेका छन् । कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन सहयोगका लागि उनीहरुले गुफामा बसेका चमेरोलाई समातेका छन् । सै योक नेशनल पार्कका ३ गुफाबाट २०० चमेरो समाति अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

भाइरसको स्रोत पत्ता लगाउन चमेरोको र्‍याल, रगत र दिशाको नमुना संकलन गरिएको छ । जोन हप्किन्स यूनिभर्सिटीका अनुसार हालसम्म २ करोड ५० लाख मानिसलाई कोरोना पुष्टि भइसकेको छ भने ७ लाख ४८ हजार मानिसको मृत्यु भएको छ । एजेन्सी