Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौं । महानगरपालिका वडा नम्बर १४ मा पर्ने कुलेश्वर क्षेत्रका फलफुल व्यवसायीहरुलाई कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएको छ । सो वडाका ३० जनालाई कोरोना पुष्टि भएको र त्यसमा केही फलफुल व्यवसायी रहेको वडा अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार र बिहीबार गरि ३० जनालाई कोरोना पुष्टि भएको हो । यसरी दिनदिनै कोरोना संक्रमित थपिदै गएपछि कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरु गरिएको सापकोटाले बताउनुभयो । साथै फुटपाथका व्यवसायलाई पूर्ण रुपमा बन्द गरिएको र बार लगाई बाटो र गल्लीहरू बन्द गर्न थालेको उहाँले बताउनुभयो ।”


दिनदिनै संक्रमण बढ्यो,हामीले टोल–टोलमा माइकिङ गरि घरमा नै बस्न आग्रह गरिरहेका छौ । उहाँले भन्नुभयो, संक्रमण देखिएका क्षेत्रमा डिसइन्फेक्सन औषधिसमेत छर्ने काम भइरहेको छ । “बल्खु, लाम्पाटी,कुलेश्वर लगायतका क्षेत्रमा संक्रमण देखिएको छ ।
-हेल्थपाटी