Jagaran Nepal बिहिबार, साउन २९, २०७७

यि हुन् नेपालमा कोरोनाको उच्च जोखिम भएका जिल्लाहरु, जहाँ ५ सय बढी संक्रमित छन्, जतिबेला जहाँ पनि संक्रमितसँग ठोकिन सक्छ, त्यसै सकभर घर बाहिर ननिस्किउँ

काठमाडौं, साउन २९ । काठमाडौँ उपत्यकामा सहित आज नेपालमा कोरोनाको दर ह्वात्तै बढेको छ । काठमाडौँमा १११, ललितपुरमा ११ तथा भक्तुरमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण देखिँदा अहिलेसम्म जिल्लागत ५ सय भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरीमा खतरा उच्च छ ।

अझै काठमाडौँमा ठूलो जनघनत्व भएका कारण पनि खतरा उच्च रहेकाले सकभर घर बाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयले आव्हान गरेको छ । आज थपिएका ५ सय २५ जनामा संक्रमितहरु सहित आजसम्म देशभर कुल २४ हजार ९ सय ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै बिहिबार १ सय ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ९ जना जनाले कोरोनालाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ८ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा ९५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएाके छ ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्तालका चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीको अनिवार्य कोरोना परिक्षण गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमा देशभकार सबै असपतालका चिकित्सकहरुमा कार्यरत स्वास्थ्यकर्मीलाई जतिसक्दो छिटो कोरोना परिक्षण गर्दै खतराबाट बच्न अनुरोध गरेका हुन् ।

स्वास्थ्यकर्मीहरुले समयमा कोरोना परिक्षण गरेमा आम सर्वसाधारणमा कोरोना संक्रमण नहुने तथा सर्वसाधारणबाट चिकित्सकमा संक्रमण भएमा पनि सहजै पहिचान गर्न सकिने र उपचार गरेर निर्मुल पार्न सकिने जनाएका छन् ।