Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौ । बलिउडमा शुसान्त सिंह राजपुतको निधन पछि अहिले नेपोटिजमको विषय बहसमा उठेको छ । खासगरी फिल्म निर्माताका बुवाआमाका छोराछोरी त्यसको प्रत्यक्ष प्रहारमा परेका छन् । त्यसको उदाहरण अहिले आलिया भट्टलाई लिन सकिन्छ । नायिका आलिया भट्ट अभिनित चलचित्रलको एउटा ट्रेलरले अहिले डिसलाईकमा रेकर्ड बनाएको छ । बलिउडमा निकै राम्रा चलचित्र दिएकी आलिया चर्चित नायिका हुन् । उनको परिवारलाई पनि नेपोटिजमको आरोप लागेको छ ।

शुसान्त राजपुतको निधन पछि अहिले सबैभन्दा धेरै घाटा आलियालाई लाग्ने देखिएको छ । उनका पक्ष र विपक्षमा भएका बहसले पनि असर गरेको छ । अर्का फिल्म निर्माता तथा निर्देशक करण जोहरले आलियालाई छोरी मान्छन् । उनले आलिया निकै राम्रो कलाकार भन्दै प्रशंसा गर्ने गरेका छन् । करण पनि शुसान्तको निधन पछि सबैभन्दा बढी प्रहार सहेका फिल्म निर्देशक हुन् । उनी विरुद्ध वहिष्कार अभियान नै सुरु भएको छल ।

बलिउडमा बम्पर व्यापार गर्ने आलियालाई नेपोटिज्मको बहसले सर्वाधिक घाटा लाग्ने देखाएको छ । दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण अहिले आलिया भएकी छन् । हालै उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलर सार्वजनिक भएको छ । त्यो ट्रेलरमा लाइक भन्दा डिसलाईकले रेकर्ड बनाएको छ । सार्वजनिक भएको केही समयमै लाखौं डिसलाइक आएको छ । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्र अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा यसलाई ३ लाख ६० हजार भन्दा बढीले डिसलाइक गरिसकेका थिए । अहिले पनि डिसलाईक गर्ने बढ्दै छन् । भिडियोमा ४० हजार लाइक आउँदा डिसलाइकको संख्या ४ लाख नजिक पुगेको हो ।