Jagaran Nepal बिहिबार, साउन २९, २०७७

एजेन्सी। ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको छ । चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत् कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जानकारी गराएको हो । विज्ञप्तिमा फ्रोजन कुखुराको पखेटामा कोरोना संक्रमण भेटिएको जनाइएको छ ।

विश्वमा नै त्रा’स थपेको कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यस्तै अमेरिकापछि दोस्रो स्थानमा रहेको ब्राजिलमा कोरोनाको महामारी ति’ब्र गतिमा फैलिएका बेला जनावरमा पनि यसको संक्रमण देखिएको तथ्य फे’ला परेको छ । हालै चीन लगिएको कुखुराको मा’सुमा पनि कोरोनाभाइरस देखिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

न्यु योर्क पोष्टका अनुसार ब्राजिलबाट चीनमा लगिएको कु’खुराको मासुमा कोरोनाभाइरस फे’ला परेको हो । सेन्जेन शहरमा नियमित कोरोना जाँचको क्रममा कुखुराको मासुमा कोरोनाभाइरस फेला परेसँगै थप त्रा’स पैदा भएको छ । पछिल्लो समय चीनमा कोरोनाभाइरसको संक्रमण कम देखिन थालेका बेला प्याक गरिएको मासुमा संक्रमण पुष्टि भएको हो । चीनमा ८४ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।