Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा विहीबार १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार काठमाडौंमा १०८, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ । आज नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

आज थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।