Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौं । श्रीमान र श्रीमतीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । जब दुई जनाको सम्बन्धमा कुनै तेस्रो ब्यक्तिको प्रवेश हुन्छ सम्बन्ध विग्रन थाल्छ । एक अर्कामा अविश्वास बढाउँछ । श्रीमानले जव श्रीमतीको एउटा दुईवटा होइन १४ प्रेमी छन् भन्ने थाहा पाए ति श्रीमानलाई के भयो होला ? भारतमा भएको यो घटनामा ति श्रीमानले सबैलाई चकित बनाउने निर्णय गरेका छन् । भारतको पश्चिम बंगाल कोलकोतामा ति व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहा’नीको नोटिस पठाएका छन् ।

भारतीय मिडियाका अनुसार ब्यवसायी रहेका ति ब्यक्तिले आफु ब्यस्त भएको बेलामा श्रीमतीसंग पालै पालो १४ प्रेमीले समय विताउने गरेको थाहा पाएका हुन् । उनले श्रीमतीको ब्यवहार प्रति शंका लागेपछि त्यो कुरा प्रमाणीत गर्न आफ्ना चालकलाई जासुसका रुपमा प्रयोग गरेका थिए । यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध कानूनी कारवाही गरिने समेत जानकारी दिइएको थियो ।

भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अ’वै’ध सम्बन्ध भएको शंका थियो । आफैले त्यो बारेमा पत्ता लगाउन सम्भव थिएन । उनी संधै ब्यस्त हुन्थे । त्यसैले उनले चालक मार्फत उनका बारेमा पत्ता लगाए । उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतीपूर्तीका लागि कानूनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अ’वै’ध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन ब’र्बा’द भयो त्यसैकारण म त’ना’वमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तीको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ ।’ उनले कानुनी उपचारका विरुद्ध कुनै कदम नचाल्न भनेका छन् । उनले आफुले ड्राइभर मार्फत सबैको प्रमाण पनि राखेको बताएका छन् ।