Jagaran Nepal बिहिबार, साउन २९, २०७७

बस्दा हाम्रो शरीरको पुठ्ठा सतहमा रहन्छ । कहिलेकाहीँ बस्ने ठाउँ असहज या धेरै साह्रो हुँदा पुठ्ठामा पीडा महसुस हुन्छ । लामो समयसम्म एकै सिटमा बसिरहँदा पनि पुठ्ठामा दुखाइ हुन्छ । पछाडि खल्तीमा बाक्लो पर्स या कडा वस्तु राखेर बस्दा पीडाको महसुस झन् धेरै हुन्छ । लामो समयको बसाइपछि कुनै वेला गोडा झमझमाउने पनि गर्छ । पुठ्ठामा धेरै दबाब पर्दा शारीरिक असर निम्तिन्छ रु वरिष्ठ नसारोग विशेषज्ञ डा। जेपी अग्रवाल भन्छन्ः

रक्तसञ्चारमा समस्या
असहज बसाइ ९पकेटमा बाक्लो पर्स, मोबाइल, नमिलेको सिट, कडा सतहलगायत०का कारण पुठ्ठामा दबाब पर्छ । तीन वस्तुले घर्षण दिएको बाहिरी सतहको छालासँगै त्यहाँ भएका स–साना नसामा असर पुग्छ । पुठ्ठामा साना नसा निकै धेरै हुन्छन् । नसामा दबाब परेपछि रक्तसञ्चालनमै समस्या हुन पुग्छ । यस्तो आसनमा लामो समयसम्म बस्दा दुखाइ मात्रै होइन, झमझमाउने समस्या निम्तिन सक्छ ।

गोडाको नसामा असर
पुठ्ठाको भागमा धेरै दबाब या घर्षण हुँदा स–साना नसामा परेको असर गोडामा देखिन पुग्छ । पुठ्ठामा रहेका नसाहरूको सम्बन्ध पुठ्ठाभन्दा तलको भागसँग रहन्छ । त्यसैले पुठ्ठाका नसामा दबाब पर्दा समस्या निम्तिने गोडामा हो । पुठ्ठाभन्दा माथिल्लो भागतिर यसले असर गर्दैन । पुठ्ठामा जति धेरै दबाब पर्छ, खतरा उति नै बढी हुन्छ ।

के गर्ने ?
कहीँ पनि बस्दा पुठ्ठा रगडिने गरी बस्नु हुँदैन । बस्नेक्रममा पछाडि पकेटमा कडा वस्तु राखेर टाइट पार्नु हुँदैन । बसाइलाई सहज बनाउनुपर्ने हुन्छ । असहज बसाइले पुठ्ठामा मात्रै होइन, ढाडमा पनि असर पार्ने गर्छ ।