Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उनले जोड दिएका छन् ।

बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले यसमा तत्काल निचोड निकाल्ने गरी गृहकार्य गर्न शिक्षाका सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन् ।

कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रमा ठूलो क्षति भएको भन्दै उनले कुन कुन विकल्पमा हामीले काम गर्न सक्छौँ त्यसलाई तय गरेर अघि बढ्न आह्वान गरे । कोरोनाको महामारीका कारण वैशाखमा सुरु हुनुुपर्ने शैक्षिक सत्र अहिलेसम्म प्रारम्भ हुन सकेको छैन । सरकारले असार १ गतेदेखि भने वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठनलाई भने निरन्तरता दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

याे पनिः कोरोना भाइरस नेपालः मास्कको प्रयोगमा अटेरीः सर्वसाधारण मानिसहरू मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा जाँदा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एउटा सर्वेक्षणअनुसार झन्डै अट्ठाइस प्रतिशत मानिसले मास्कको उचित प्रयोग गरेका छैनन्।गृह मन्त्रालयका अनुसार वैशाख महिनादेखि अहिलेसम्म मास्क प्रयोग नगर्ने झन्डै चार लाख जनालाई कारबाही गरिएको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, “अस्पतालमा शय्या नपाउने अवस्था आउन सक्छ, बेलैमा जिम्मेबार बन्नुहोस्।”उपत्यकाभित्र नै मास्क प्रयोग नगर्नेको सङ्ख्या उल्लेख्य रहेको महानगरीय प्रहरीले बताएको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

यो पनि कोरोना भाइरसः मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने?
अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ।के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र?मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ है!