Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौँ । आज सुन र चाँदीको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २९५ मा कारोबार भइरहेको छ ।

मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको सुन र चाँदीको मुल्य हिंजाे ह्वात्तै घटेर ९५ हजार ४ सयमा कारोबार भएकाे थियाे । हिंजाे एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियाे ।

त्यस्तै हिंजाे तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भएकाे थियाे भने चाँदीको मुल्य पनि ठुलो गिरावट आएको थियाे । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भएकाे थियाे ।

याे हिंजाेकाे समाचार पनि पढ्नुहाेसः आज एकै दिन तोलामा ६ हजार २ सयले घट्यो सुनकाे भाउ, हेर्नुहोस यति सस्तोमा हुँदै छ कोरोबार
काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा व्यापक गिरावट आएको छ । बुधबार एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मुल्य पनि ठुलो गिरावट आएको छ ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार ४३५ प्रति तोला रहेको थियो ।