Jagaran Nepal बुधबार, साउन २८, २०७७

रजस्वलाको समयमा महिला किन अपवित्र मानिन्छन ? रजोदर्शन वा रजस्वला भनेको के हो ? मासेनोपचितं काले धमनीभ्यां तदार्तवम् । ईषत्कृष्ण विदग्धं च वायुर्याेनिमुखं नयेत ।। (सुश्रुत शारीरस्थान अ ३ वाक्य ८)

अर्थात स्त्री को शरीरमा जुन विकार योग्य पदार्थ एक महिना सम्म जम्मा हुन्छ, देख्नमा कालो रगं हुने र धमनिद्धारा स्त्री को योनिको मुख बाट बाहिर निस्कन्छ यसैलाई रजस्वला वा रजोर्शन भनिन्छ । यसै श्लोकलाई आधार मानेर विचार गर्दा हामी के निकर्ष निकाल्न सक्छौ भने, महिलाको शरिरबाट निष्कने उक्त पदार्थ गन्धयुक्त, कालो रंगको र किटाणुमय हुन्छ । जसलाई शरिरको बिकार पदार्थको रुपमा पनि बुझ्न सकिन्छ । यसरी निस्कने पदार्थ दुर्गन्धित र किटाणु युक्त हुने भएकैले महिलाई रजस्वलाको समयमा नछुनु भनेको हो । नेपाली समाजमा महिलाहरु नछुने हुने भन्ने शब्द बढि प्रचलित छ । विशेष गरी ब्राम्हण, क्षेत्री समाजमा महिलालाई सो अवधिमा भान्छाको कार्य गर्न र पुजा, दान धर्म आदि कार्य गर्न पनि वर्जित गरिन्छ । यसमा अत्यन्त सुन्दर वैज्ञानिक, धार्मिक र आधात्मीक पक्षहरु रहेका छन ।

स्वास्थका दृष्ट्रिले हेर्ने हो भने महिला रजस्वला भएको अवस्था अन्य सामान्य परिस्थितीको भन्दा धेरै शारिरिक कमजोरीहरु भईरहेको हुन्छ । अधिकाशं महिलाको साझा समस्या भनेको महिनावरीको समयमा पेट दुख्ने, कमजोरी अनुभुती हुने र टाउको दुख्ने लगायतका समस्याहरु देखा पर्छन । यो सामान्य नै हो, किनकी हरेक महिना महिलाहरु एक पटक रजस्वला हुन्छन र यस्तो क्रम चलिरहन्छ नै । वास्तवमा रजस्वला एक शारिरिक विकासको प्रकृया संग जोडिएको हुन्छ । महिलाको शरिरबाट नचाहिने बिकार, हानिकारक पदार्थको निष्काशन भई शरिर शुद्ध हुने समय पनि हो । यदि हामिले महिलालाई रजस्वला भएको समयमा भान्छाको कार्य गर्न, साथै अन्य सम्बन्धित कार्यहरु गर्न दिएनौ भने अवश्य पनि उनिहरुले सहजै आराम गर्नै अवशर प्राप्त गर्दछन । यो अत्यन्त वैज्ञानिक छ, शारिरिक रुपले कमजोरी भएको अवस्थामा आराम गर्न पाउने गतिलो बहाना पनि हो भनेर बुझ्न सुकिन्छ ।

सबैभन्दा महत्वपुर्ण कुरा के पनि हो भने कुनै पनि महिलाको रजस्वला नियमित हुन्छ भने उनि स्वस्थ छिन र सन्तान उत्पादनका लागी योग्य छिन भन्ने बुझिन्छ । केवल रजस्वला हुने महिला मात्र सृष्टिका लागी योग्य हुन्छन । तसर्थ कुनै पनि महिलाको रजस्वला ठिक छ, भने उनि स्वस्थ छिन भन्ने कुरामा कुनै शंका रहदैन । महिलाहरु रजस्वला भएको समयमा दिनमा सयन गर्न वर्जित मानिन्छ । अवश्य पनि यसमा स्वास्थ्यमा पर्ने असर कै कारण यसो भनिएको हुनु पर्छ ।

महिलाको शरिरबाट निष्कने विकारजन्य पदार्थ हरु अन्य व्यक्तिहरुमा संसर्ग नहोस भन्नाका कारण नै रजस्वला भएको महिलाहरुलाई नछुनु भनेको हो । किनकी उक्त समयमा महिलालाई विटुलो अर्थात अपवित्र भएको अवस्था हो । यदि महिलाको शरिरबाट निष्केका त्यस्ता विकारजन्य पदार्थ खानामा, कुनै वस्तुमा वा अन्य व्यक्तिको शरिरमा नजानिदो किसिमले स्पर्श गर्दछ वा सम्पर्कमा आउछ भने अवश्य पनि त्यो हानिकारक पदार्थ पनि सम्पर्कमा आएको जस्तो हो । जसको सिधा असर संसर्गमा आउने व्यक्ति वा वस्तुमा पर्नेछ । महिलाले नुहाएर पनि शुद्ध हुन सक्छन, तर धेरै महिलाहरुमा पटक पटक रक्त स्राव भइरहेको हुन्छ, त्यसैले रजस्वला अवधीभर यसको धर्म पालना गर्नु नै पर्दछ ।

नेपाली जनमानसमा के विश्वास गरिन्छ भने, रजस्वला भएको महिलाले पुरुषलाई मात्र होइन, फल प्रदान गर्ने बोट विरुवा वा फुलका विरुवा हरुलाई पनि छुन हुदैन भन्ने छ । धेरै अध्ययन बाट यो कुरा प्रमाणित भइसकेको छ कि कुनै फल प्रदान गर्ने विरुवालाई रजस्वला भएको महिलाले छोएमा उक्त बिरुवा सुक्नेछ, वा फलको गुणस्तरमा प्रत्यक्ष अशर पर्ने छ ।

महिलाको रजस्वला धर्मको विषयमा वहस गर्दै गर्दा महिलाहरुलाई उक्त समयमा दान धर्म र मन्दिर तिर्थ जानबाट पनि वञ्चित गरिन्छ । वास्तवमा यसमा अत्यन्त सुन्दर वैज्ञानिक पक्ष हरु छन । स्वास्थ्यको दृष्ट्रिले महिलाहरु कमजोर भएका हुन्छन, जसले गर्दा धेरै हिडने डुल्ने कार्य गर्न समेत गार्हाे हुन्छ । यस्तो अवस्थामा मन्दिर र तिर्थ जानु स्वास्थ्यको दृष्ट्रिले राम्रो देखिदैन । यसै सम्बन्धमा, छुटाउनै नहुने कुरा के भने रजस्वलाको समयमा महिलाहरु धेरै कामुक हुने गर्छन । यथार्त यो हो कि कामुकता र धर्म र अधात्म अत्यन्त फरक विषयहरु हुन । त्यसैले महिलाहरु रजस्वलाको समयमा मन्दिर यात्रा वा कुनै प्रकारको तिर्थ धर्म नगरेकै राम्रो हो । वैदिक हिन्दु समाजमा मन्दिरलाई ब्रम्हाण्डिय उर्जा संञ्चय केन्द्रको रुपमा पनि लिइन्छ, यसै कारण हुन पनि सक्छ महिलारुलाई मन्दिर जान दिइदैन । किनकी मन्दिर वा तिर्थबाट प्राप्त गर्न सकिने उर्जाहरु शारिरिक रुपले कमजोर भएका महिलाहरुले उर्जा ग्रहण गर्न सक्दैनन, वा भनौ त्यो शक्तिलाई सहन सक्दैनन ।

हाम्रा कुनै पनि धार्मिक तथा प्राचिन सामाजिक प्रचलन हरु बेकामे छैनन । सबैमा उच्चतम वैज्ञानिक आधारहरु रहेका छन । हाम्रा महान पिता पुर्खा हरुको लामो परिक्षण प्रयोग र अनुसन्धानबाट ति कुरा हरु हामिले बिरासतमा पाएका छौ । त्यसैते त्यस्ता परम्पराहरुको यथोचित संरक्षण साथै कुनै परिवर्तन विना अवलम्वन गर्दै जानु पर्छ । हामिले आउने नयाँ पिढिका लागि हस्तान्तरण गर्नु पर्छ । आज विश्वनै हाम्रो कुराहरु अवलम्वन गर्न खोज्दैछन, बल्ल उनिहरुले योग ध्यानको महत्व बुझेका छन, अब अर्काे केहि दशक लाग्ला उनिहरुलाई रजस्वला धर्मको पालनाका बारेमा बुझ्न, तेतिबेला हामिलाई कथित आधुनिक संस्कारले खत्तम गरिसकेको त हुने छैन ?