Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाडाैँ । कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।

धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनलाई पूर्ण रूपमा बन्द गरिएको हो ।

याे पनि पढ्नुहाेसः यसपालिको दसैं/तिहार मनाउने विषयमा सरकारले गर्याे यस्तो निर्णय
काठमाण्डु, २८ साउन– यसपालिको दसैं/तिहार घरमै मनाउनुपर्ने, यस्तो छ सरकारको निर्णय सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

यस्तै शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । छलफल, गोष्ठी र भेला हुन निषेध गर्नुका साथै चाडपर्व घरभित्र मात्र मनाउन पाइने भएको छ । होटल र रेस्टुरेस्ट पुनः बन्द गर्ने सरकारको निर्णय छ । सरकारी कार्यालयका कर्मचारी आलोपालो ५० प्रतिशत मात्र कार्यालय आउनेछन् । राजधानी दैनिकबाट