Jagaran Nepal बुधबार, साउन २८, २०७७

मुम्बई | जाह्नवी कपूर आफ्नो सुन्दरताका कारण चर्चामा छिन् । फिल्ममा धेरै नदेखिए पनि उनी सामाजिक सञ्जालका कारण प्राय चर्चामा हुने गर्छिन् ।हालै एक जिम गरेको भिडियो भाइरल भएपछि जाह्नवी दिक्क भएकी छिन् । उनले आफूलाई दर्शकले यस्ता तस्वीरबाट नभएर फिल्मबाट चिन्नुपर्ने बताउँछिन् ।

‘मेरा धेरै फिल्म रिलिज भएका छैनन्, शूटिङ मात्र गरिरहेकी छु, म चाहन्छु कि दर्शकले मलाई फिल्मबाट चिनून्, जिमका तस्वीरबाट होइन,’ जाह्नवी भन्छिन् ।जाह्नवीले पापाराजीले आफ्नो तस्वीर खिच्दा पहिले अचम्म लाग्ने गरेको समेत बताइन् । जबसम्म उनका कुनै फिल्म रिलिजसमेत भएका थिएनन्, त्यतिबेला पनि पापाराजीले पिछा गर्दा कसरी छुट्ने भनेर अलमलमा पर्ने गरेको उनले बताइन् ।
‘मलाई त कसरी रिजेक्ट गर्ने भन्ने पनि थाहा थिएन,’ उनले भनिन् ।फिल्म ‘धडक’ रिलिज हुँदासम्म भने आफूलाई पापाराजी देख्दा सहज लाग्दै गएको बताइन् । नेपालमा पनि जाह्नवीका कैयन् फ्यान छन् । अब उनलाई दर्शकले फिल्म ‘दोस्ताना २’ मा देख्न पाउनेछन् ।