Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । उपत्यकामा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य सबैभन्दा धेरै काठमाडौकै छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९, ललितपुरका २१ र भक्तपुरमा ९ जना गरी १३९ जना संक्रमित थपिएका छन् ।कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरस पुष्टि भएकोमा यति धेरै काठमाडौ उपत्यकामै थपिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ थियो ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना मुक्त हुनेको संख्या १६ हजार ६६४ थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको थियो । आज थप ८ जनाको निधन पुष्टि भएसँगै मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।