Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाडौँ । नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ ।

२४ हजार ४३२ जम्मा संक्रमित संख्या छ। मंगलवार मन्त्रालयले ८ जनाको मृ’त्यु भएको जनाएको छ। हालसम्मकै धेरै संक्रमितको एकैदिन निधन भएको हो। ७ हजार ६ सय १३ संक्रिय संक्रमित छन्। ६४ जना मंगलवार डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृ त्यु भएको हो।