Jagaran Nepal बुधबार, साउन २८, २०७७

एजेन्सी । रुसले कोरोना भाइरसको खोप निर्माण गरेर प्रमाणीत समेत गरिसकेको दावी गरिरहँदा विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले भने त्यसलाई मान्यता नदिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले आफुहरुलाई त्यसबारेमा कुनै आधिकारीक जानकारी नआएको प्रतिकृया दिएको छ ।

कोरोनाको भ्याक्सिन विश्व स्वास्थ्य संगठनले पास गरेर सिफारिस नगर्दा सम्म त्यसको कुनै आधिकारीकता नहुने पनि संगठनले जनाएको छ । रुसले आफै भ्याक्सिन प्रमाणीत गर्न नमिल्ने र त्यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिने बताएको छ ।

संगठनले रुसले भ्याक्सिन बनाउदै गरेको हल्ला सुनेको तर त्यसको मुल्यङ्कनका लागि आफूकहाँ कुनै जानकारीसमेत नआएको प्रतिकृया दिएको हो । विश्व स्वास्थ्य संगठनअन्तर्गत पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले यस्तो प्रतिकृया दिएका हुन् ।

उनले त्यसवारे आफुले पनि हुल्ला सुनेको भएपनि आधिकारीक जानकारी रुसले नदिएको बताएका छन् । उनले रुसले निर्माण गरेको खोपको थप ट्रायल पुरा गर्नुपर्ने बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड पुरा गर्नुपर्ने बताएका छन् ।

भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि मात्रै कोरोनाबिरुद्ध भ्याक्सिनले आधिकारिकता पाउने डब्ल्युएचओको भनाइ छ । यसअघि पनि संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो । रुसले त्यसवारे कुनै प्रतिकृया दिएको छैन ।

रुसले कोरोनाभाइरसको खोप बनाएको र त्यसलाई स्वास्थ्य मन्त्रालयले प्रमाणीत पनि गरेको दाबी गरिरहेको छ । मंगलबार नै रुसी राष्ट्रपति पुटिनले आफ्ना दुई छोरीलाई सो भ्याक्सिन दिएको र त्यसको कुनै साइड इफेक्ट पनि नगरेको बताएका थिए । राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनबाट मस्को गामालेया इन्स्टिच्युटले बनाएको खोप सुरक्षित रहेको दाबी गरेका छन् ।