Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाडौं – इ’न्टरनेट प्रदायक कम्पनीहरुले अनेकथोकको स’मस्या देखाउँदै इ’न्टरनेटमा ठग्दै आएका छन् । प्रयोगकर्ताहरुलाई प्राविधिक जानकारी नहुँदा पनि ठगिनु परेको छ । भनेको जति स्प्रिड नदिनेदेखि नक्कली रा’उटरसम्म भिराउने कम्पनीहरुका कारण प्रयोगकर्ताको वा’इफाइ नै स्लो हुने गरेका छन् ।

दक्षिण कोरियाली इ’लेक्ट्रोनिक्स कम्पनी सामसुंगले भने अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वा’इफाइको वि’कास गरेको दाबी गरेको छ । सामसुंगका अनुसार अ’त्याधुनिक वा’इफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।

कम्पनीका अनुसार ६० गिगाहर्ज वा’इफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डा’उनलोड गर्न सकिनेछ । यो उच्चगतिको वा’इफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिने बताइएकोछ ।

अहिले बजारमा उपलब्ध रहेका वा’इफाइ राउटरहरुले २, ४ गिगाहर्ज र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् । कम्पनीले भनेको छ की यो नयाँ प्रविधिले डा’टा ट्रा’न्सफरको गतिलाइ बढाएर प्रयोगकर्ताको समय बचत गर्न म’द्दत मिल्नेछ ।