Jagaran Nepal बुधबार, साउन २८, २०७७

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो ।

साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई “उष्ण बिजुली” भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ ।

त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ । सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ ।

यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ ।

यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् ।

यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ ।

त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ । जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ ।

यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।-विकिपिडियाबाट; चट्याङ पर्दा हलोको फाली जस्तो बज्र खस्छ , के यो सत्य हो | होइन ! चट्याङ पर्दा कुनै हलोको फाली जस्तो बज्र खस्दैन र त्यो कुनै ठोस पदार्थ नभई एक अदृस्य र शक्तिशालि करेन्ट हो जुन पृथ्वी मा परे पछी डिस्चार्ज हुन्छ र सकिन्छ ।

यो करेन्टमा अत्याधिक बढी भोल्टेज हुन्छ (करिव ३० करोड Volts र ३० हजार AMPS) यो करेन्ट एक नाली जस्तो बाटो बनाई ब्रमाण्ड को बादलहरु बाट पृथ्वी मा एक लहरो बनाई झर्छ र जब पृथ्वी मा जब यो करेन्ट पर्छ तब त्यहिनेर यो करेन्ट सकिन्छ । त्यसैले चट्याङ पर्दा हलो को फाली जस्तो बज्र होइन करेन्ट झर्ने गर्दछ र यसरी करेन्ट झरेको बेला त्यहाँ वरीपरी खालि खुट्टा यानिकी जुत्ताचप्पल नलगाई जमिन मा टेकेको छ भने त्यस्ता व्यक्ति लाई चट्याङको करेन्ट वा झट्का लाग्न सक्छ र यो झट्का ले ज्यान समेत जान सक्ने सम्भावना हुन्छ ।

त्यसैले चट्याङ पर्दा हलो को फाली जस्तो बज्र खोज्न छोडी जुत्ता चप्पल लगाएर वा जमिन मा नटेकी बिजुली को तार आदि नभएको खुल्ला, सुख्खा ठाउमा, काठ को खाटमा वा वरीपरी कहिँ कतै चट्याङ पर्दा उक्त चट्याङ को करेन्ट ले नभेट्ने गरी वा करेन्ट सप्लाई नहुने गरी सुरक्षित स्थान मा बस्नु पर्दछ ।

चट्याङ्को समय
सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ् पर्दछ । यस क्षेत्रमा प्रत्यक मिनेटमा करिब २८ पटक चट्याङ् पर्दछ । [२]

वैज्ञानिक कारण
आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराउ तथा घर्षण का कारण एक किसिमको विद्युतीय करेण्ट उत्पन हुन्छ । त्यो करेण्टलाई वैज्ञानीक भाषामा विद्युतिय अणु “प्रोटन” भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको “न्युटल” अणु प्राप्त गर्नको लागि जमीन तर्फ चुम्बकिय गतिले प्रहार हुन्छ। प्राय: सल्लो, पैंयो, खडीक, टुनी जस्ता अग्ला रुखहरूका साथै अग्ला घरहरूमा “न्युटल”को सम्पर्कमा आएर आकाशिय “प्रोटन” अणुसँग संघर्षणको कारण एक प्रकारको विद्युतिय करेण्ट उत्पन्न हुन्छ । त्यस कारण चट्याङ् पर्छ।[३]

चट्याङ सँग जमीनमा झर्ने वस्तुहरू
चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ । जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई “चिड्को” “चिर्को” भनिन्छ । उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन् ।

कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ । यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन् । गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ ।

चट्याङबाट कसरी बच्ने?
यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन÷टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ । पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।

घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा बिजुली चम्केको बेला सतर्क रहने ।

१ ,फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने । २,बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने । ३,सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने । ४,खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने; अग्लो पहाड,

५,ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने । ६,बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाईटनिङ रडको प्रयोग गर्ने। ६.रुखमा पनि चट्याङ पर्ने सम्भावना धेरै हुन्छ। चट्याङ पर्दा रुखमुनि ओत लिनु सबैभन्दा खतरनाक हो, बिजुलीको खम्बामुनि पनि बस्नुहुन्न। ७ यस्तो बेला खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुंगा चलाउनु पनि जोखिमपूर्ण हुन्छ। विज्ञहरूका अनुसार यसबाट बच्ने सबैभन्दा उत्तम उपाय घरबाट बाहिर ननिस्किनु नै हो।

पक्की घर र छानामा लाइटनिङ एरेस्टर लगाएको घर निर्माण गर्नुपर्छ। गाडीभित्र छ भने -यालढोका बन्द गरेर बस्नुपर्छ। मोटरको टायरले विद्युतीय धारलाई भू-सतहस”गको संसर्गबाट अलग्याइदिने भएकाले चट्याङले असर पार्न सक्दैन। चट्याङ पर्ने बेला सहारा लिने स्थान नपाइए घुँडाले टेकेर हात टाउकोमाथि राखेर निहुरिएर बस्नु उचित मानिन्छ।

तर भुइँमा लम्पसार परेर सुत्नु हुँदैन, टेलिभिजन, एयरकन्डिसन वा बिजुलीका यान्त्रिक उपकरण चलाउनु पनि खतरनाक हुन्छ।’ विकसित मुलुकले मौसम राडारको प्रयोगबाट चट्याङको पूर्वानुमान दिने गर्छन्। नेपालमा भने राडार राख्ने कुरा एक दशक अघिदेखि चल्दै आए पनि अहिलेसम्म राखिएको छैन।