Jagaran Nepal बुधबार, साउन २८, २०७७

एजेन्सी /अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला ।तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त रु खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनिहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् ।

अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् । जसका कारणले महिलाहरु विवाहपछि मोटाउँने गर्दछन् ।

कतिपय महिलाले विवाह अघिसम्म मात्र सुन्दर हुनुपर्छ भन्ने सोचाई हुने गर्दछ । विवाहपछि भने उनीहरु सुन्दर बन्न खासै प्रयत्न गर्दैनन् ।हुनत ब्यस्तताका कारणले पनि आफुलाई फिट बनाउन महिलाले सकिरहेका हुदैनन् ।

तर जुन आर्कषक शरीर देखेर श्रीमानले मन पराएरका हुन्छन् उनिहरु पछिसम्म पनि त्यहि फिटनेस आफ्नो श्रीमतीमा खोज्ने गर्दछन् ।तर श्रीमती मोटाएको कारणले श्रीमानको आर्कषण घट्ने गर्दछ । यसले उनीहरुमा नैराश्यता समेत उत्पन्न गराउँछ । र त्यहि नैराश्यता श्रीमान श्रीमतीबीचमा मनमुटाव बढाउने कारण पनि बन्न सक्छ ।