Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाडौ । सामाजिक सञ्जालमा भाइरल भइरहेकी सर्मिला वाइवाले कृष्णबहादुर बोहोराको ह त्या गर्ने कल्पना मुडभरी (पौडेल)लाई आफुले राम्रोसंग चिन्ने बताएकी छन् । उनले कृष्णबहादु बोहोरालाई एक महिना अघि भेटेको बताएकी छन् । सर्मिलाले कल्पनालाई आफुले दोहारीमा काम गर्दा चिनेको बताएकी छन् । उनले सुरुमा कृष्णबहादुरको श’व सुरुमा देख्दा नचिनेको बताइन् । आफुले चिनेको भएपनि त्यो अवस्था देखेर चिन्दिन भनेको बताइन् ।

उनल् कृष्णबहादुरको श’व देखेपछि कल्पनालाई फोन गरेको बताइन् । उनले सुरुमा कल्पनालाई म्यासेज गर्दा त्यसको कुनै रेस्पोन्स नगरेको पनि बताइन् । तर पछि फोन गरेको पनि बताइन् । उनले कल्पना र कृष्ण दुवै जनालाई चिनेका कारण श’व देखेपछि त्यो घटनाका बारेमा आफुलाई निकै कौतुहलता भएको पनि बताइन् । उनले शनिवार पनि कल्पनासंग आफ्नो दुध किन्ने पसलमा भेट भएको र आफुसंग कल्पनाले अब आफु चितवन जान लागेको सुनाएको बताइन् । ‘मेरो आमा बिरामी हुनुहुन्छ म चितवन जान्छु भनेकी थिइन् त्यती बेला घटना भइसकेको रहेछ’ शर्मिलाले भनिन् ।

कल्पनासंग आफ्नो निकै राम्रो सम्बन्ध भएको पनि बताएकी छन् । कृष्णबहादुरले कल्पनाको बच्चाहरुका लागि सामान लिएर जाने र निकै माया गर्ने गरेको आफुले देखेको पनि बताइन् । उनले भनिन् कृष्णबहादुर निकै सिधा हुनुहुन्थ्यो कल्पनाको बच्चाहरुका लागि दुध किनेर ल्याउनुहुन्थ्यो । माया गरेको मैले नै देखेको छु । उनले कल्पनाको कोठामा आफु पटक पटक गएको पनि बताएकी छन् ।

उनले कल्पनाले शर्मिलासंग ब्वाइफ्रेण्ड छ भनेर भनेको पनि बताएकी छन् । तर कल्पनाले आफ्नो ब्वायफ्रेण्ड जापानमा भएको बताएकी थिइन् । तर पछि कृष्णबहादुरलाई देखेपछि भने आफु छक्क परेको बताइन् । अहिले त्यो घटनापछि आफुहरुलाई निकै ड’र लागेको शर्मिलाको भनाई छ । उनले त्यहाँ नजिकै बच्चाहरु संरक्षण गरेर राखेकी छन् । आफुले राखेका बच्चा पनि ड’राएको उनको भनाई छ ।

घटना पछि प्रहरीले कृष्णबहादुरको शव देखाउँदा सो टोलका कसैले पनि चिनेको छौं भनेनन् । टोलका सबैले चिन्थे, उनीहरु श्रीमान श्रीमती जस्तै सम्बन्धमा थिए । तर कसैले पनि चिन्छौं भनेनन् शर्मिलाले भनिन् । त्यस्तो वि’भ’त्स अवस्था देखेर टोलका सबै ड’राएर कसैले पनि चिन्छौं भनेनन् ।
भिडियाे

etajakhabat