Jagaran Nepal मंगलबार, साउन २७, २०७७

काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको घटनाको रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले स्लि-पिङ ट्या-वलेट खु’वाइ ल’ठ्ठिएपछि हम्मरले अ-ण्डकोषमा हानेर बोहराकोे बी-भत्सरुपमा गरेको खुल्न आएको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको ह त्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ । घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र र-गत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अनुुसन्धानका लागि टोली खटिएको थियो । उक्त सुटकेश खोलेर हेर्दा भित्र टा’उको र खु’ट्टा नभएको अवस्थामा श’व फेला परेको थियो ।

घटनाको अखनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनयसमेतमा संलगन थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ । विगत केही वर्षदेखि श्रीमान्को सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

यसरी भएको थियो ‘जोजो अपरेशन’

साउन २५ गते विहान रातो प्लाष्टिकले बेरेको नाम्लोसहितको कालो रङ्को सुटकेसभित्र टा’उको र खु’ट्टा नभएको श’व फेला पररेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३०० मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टा’उको र खु’ट्टा पो’को पारेर फालेको अवस्थामा फेला परेको थियो ।

मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक ग¥यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए । उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए । प्रहरीको अनुसन्धान उनी विगत आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ ।

उनीहरु बीच तीन÷चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आपूm अनुकूल हिंड्नका लागि द’वाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताउनुभयो । उहाँका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, ह त्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।

घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर म-दिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँच वटा नि-द्रा लाग्ने औ-षधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा ल-ठ्ठिएर सुतेपछि मा’रेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँ’धी टाउको र खुट्टा छि नाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताउनुभयो ।

शव व्यवस्थापनमा कठिनाई भएपछि छोरीसमेतलाई संलग्न गरेकी थिइन् । पानी परेकाले छोरीर्लाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँ’केर फर्किएकी थिइन् । भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिएपनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो ह तियार, ह्या म्बर, र गत लतपतिएको पञ्जा म्याट्रेस, मृ’तकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ । आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महिला र मृ’त’कबीचको सम्बन्ध के थियो ?

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृ’त’कबीच प्रेम सम्बन्ध रहेको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र ह त्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौ न सम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृ’तक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले य’स्तो योजना बनाएको खुलेको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र त’स्बिरहरू राख्न थालेको उनले बताएकी छन्।’

कृष्णबहादुर विभिन्न देशमा रोजगारी गरेर फर्किएका थिए। कामको खोजीमा उनी टर्की, अफगानिस्तान र भारत पुगेका थिए। कृष्णबहादुरका दुई वटी श्रीमती थिए। तर, दुवैजनासँग सम्बन्ध बिग्रिएको थियो। उनकी जेठी श्रीमती दाङमा र कान्छी श्रीमती भारतमा बस्छिन् छोराछोरीसहित।
अर्कोतिर कल्पनाको पनि श्रीमानसँग सम्बन्ध राम्रो थिएन। उनका श्रीमान् विदेशमा छन्। कल्पना र कृष्णबहादुरको चार वर्षपहिले फेसबुक मार्फत चिनजान भएको थियो। र, त्यो चिनजान प्रेम सम्बन्धमै पुग्यो।

एक वर्ष पहिले कल्पनाले जेठी छोरीको विवाह गरिन्। छोरीको विवाहमा पनि उनका श्रीमान आएनन्। खर्च पनि नपठाएको कल्पनाको बयान छ। छोरीको विवाहका लागि कल्पनाले घरबेटीसँग दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले त्यो ऋण अहिलेसम्म तिरेकी छैनन्। एक वर्षदेखि घरभाडा समेत दिएकी छैनन्।कल्पना पहिले टेलिशृंखला सरी ल र हर्के हवल्दारमा अभिनय गर्थिन्। पछिल्लो समय उनले अभिनय पनि छाडेकी थिइन्। केही समययता आफूले डिप्रेसनको दबाइ खानेगरेको बयान उनले दिएकी छन्।
-etajakhabar बाट साभार