Jagaran Nepal मंगलबार, साउन २७, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३२ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाका १३२ सहित ६३८ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंमा ११०, ललितपुरका १४ र भक्तपुरका ८ जनासहित देशभर ६३८ लाई कोरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। हाल देशभर ७ हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् । थप १७१ जना डिस्चार्ज भएसँगै हालसम्म १६ हजार ६६६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३२ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकाका १३२ सहित ६३८ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंमा ११०, ललितपुरका १४ र भक्तपुरका ८ जनासहित देशभर ६३८ लाई कोरोना पुष्टि भएको छ ।

मंगलबार थप ६३८ जनामा कोरोना पुष्टि

मंगलबार नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले प्रष्ट पारे ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृतकको संख्या ८३ पुगेको छ ।