Jagaran Nepal मंगलबार, साउन २७, २०७७

काठमाडौं । काठमाडौंको गोंगबुमा गत आइतबार भएको घटनामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल) ले दहीमा निदाउने औसधि खु’वाएर ल’ठ्याएपछि घटना घटाईएको पाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको छ । आरोपित महिला कल्पना र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा गरिएको घरमै लगेर बयान लिएको छ ।

बयानकै क्रममा ती महिलाले बोहोराको ह त्या गरेको र श-व व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ । ती महिला विगत ४ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेस्रो तल्लामा आफ्नी एक छोरी र एक छोरासँग बस्दै आएकी थिइन । ती महिलाका श्रीमान भने खाडी मुलुकमा रहेको र ठुली छोरीको भने विवाह भइसकेको छ । शव ब्यबस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिई चितवन पुगेको खुलासा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

महिला र मृ’त’कबीचको सम्बन्ध के थियो ?

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृ’त’कबीच प्रेम सम्बन्ध रहेको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र ह त्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौ न सम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृ’तक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले य’स्तो योजना बनाएको खुलेको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र त’स्बिरहरू राख्न थालेको उनले बताएकी छन्।’
भिडियाे

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहेका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए । संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए । उनकै अग्रसरतामा वीरेन्द्रनगर–६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरु भएको थियो ।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा ठूलो क्षति पुगेको बताए । “समाजका हरेक क्षेत्रमा सक्रिय उहाँ इमान्दार पनि त्यत्तिकै हुनुहुन्थ्यो”, शाक्यले भने, “उनको नेतृत्व क्षमताकै कारण सुर्खेतमा आदिवासी जनजाति समुदाय एकताबद्ध रह्यो ।”

पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उहाँ पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित थिए । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गगरिरहेका थिए । उनको सोमबार बौद्ध धर्म परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।