Jagaran Nepal मंगलबार, साउन २७, २०७७

काठमाडौँ । घरमा मनी प्लान्ट लगाउनु घरको समृद्धिको लागि राम्रो मानिन्छ। त्यसैले शहरका हरेकजसो घरमा मनी प्लान्ट लगाउने गरिन्छ। मनी प्लान्ट लगाउनाले घरमा धन सम्पत्तिको वृद्धि हुने मान्यता छ।

धेरैले मनी प्लान्ट लगाइसकेपछि यदि मनी प्लान्ट राम्रोसँग हुर्कियो भने घरमा धन दौलत भित्रिने र यदि मनी प्लान्ट राम्रोसनग बढेन भने धन दौलत नाश हुनसक्छ भन्ने मान्यता राख्छन्। तर यो सधै शतप्रतिशत सही भने हुँदैन।

वास्तवमा मनी प्लान्ट सकारात्मक ऊर्जा दिने किसिमको बिरुवा हो। यसले दिने हावामा नै सकारात्मक ऊर्जा हुन्छ। त्यसैले यसले नयाँ जोश भरिदिन्छ, सकारात्मक सोंच जगाइदिन्छ। जसले गर्दा मानिस जीवनमा अगाडी बढ्न थाल्छ।

युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, मनीप्लान्ट लगाउँदा वास्तुलाई पनि ध्यान दिनुपर्ने हुन्छ। मनीप्लान्ट लगाउँदा घरको उत्तरतिर लगाउनुपर्छ। मनीप्लान्टलाई पूर्वतिर फर्काउनुपर्छ।