Jagaran Nepal सोमबार, साउन २६, २०७७

संसारमा धरै आश्चार्यजनक कुरा सुन्दै र देख्दै आएका छौं । यस्तै अचम्मको घटना अमेरिकामा भएको छ । जहाँ एक स्कुलका ७ जना शिक्षिकाहरु एकै पटक गर्भवती भएका छन् ।

अमेरिकाको कंकास स्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका ७ शिक्षिकाहरु एकैपटक गर्भवती भएर आश्चर्यमा पारेका हुन् ।

अर्को अचम्मको कुरा त ७ जना शिक्षिकाले ८ वटा बच्चा जन्माउनेछन् । एउटी शिक्षिकाको गर्भमा जुम्ल्याहा बच्चा हुर्किरहेका छन् । उक्त विद्यालयमा १४ महिला शिक्षकले पढाउदै आएका छन्, जसमा ७ जना गर्भवती छन् । जसकारण पठनपाठनमा केहि समस्या देखिने भएको छ ।

र पनि एश्लेका अनुसार सातै शिक्षिका एकैपटक सुत्केरी बिदामा बस्ने हुँदा अरु शिक्षक बोलाएर कक्षा निरन्तर गरिने बताएकी छिन् ।विद्यालयले अक्टुवरसम्म सबै शिक्षिकाहरुले बच्चाको जन्म दिइसक्ने बताएको छ । एजेन्सी