Jagaran Nepal सोमबार, साउन २६, २०७७

-बलिउड नायिका नताशा सुरीमालाई पनि कोरोना संक्रमण भएको छ । भारतिय मिडियाका अनुसार केही दिन अघि मात्र विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो ।२००६ मा मिस वल्र्ड इण्डिया समेत भएकी नताशाले नै आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन् । उनी अहिले होम क्वारेन्टिनमा रहेको बताइएको छ । नताशाले भनेकी छन्, ‘करिब ६ दिनअघि म एक जरुरी कामले पुणे गएको थिएँ।

त्यहाबाट फर्केपछि मलाई सञ्चो नभएपछि तीन दिनअघि मैले कोरोना परीक्षण गराएको थिएँ । रिपोर्ट पोजेटिभ आएको छ।’ पुणेबाट फर्किएपछि उनलाई कमजोरी र घाँटीमा समस्या देखिएको र त्यसले उनको शरीरलाई कमजोर बनाएको छ ।यस अघि बलिउड नायिका एश्वर्या राय बच्च्न सहित उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।