Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौं । हिन्दू धर्मग्रन्थमा मानव जीवनलाई सहज बनाउन तथा नित्य कर्मका विषयमा जानकारी दिइएको पाइन्छ जिवनलाई सहज सरल र शान्त बनाउन हाम्रा धर्मग्रन्थहरुले यस्ता सुझाव दिएका छन् जसको प्रयोगले सुखी जिवन विताउन सकिन्छ ।भौतिक जगतको भागदौडले मानिस आर्थिक रुपले सम्पन्न त होला तर मनमा शान्ती जगाउन भने सकिदैन । जसअन्तर्गत आज हामीले गरुड पुराणमा भएका केही कुराहरुलाई यहाँ प्रस्तुत गरेका छौं । जसले मनलाई शान्त राख्छ र जिवनमा सफलता प्राप्त गर्न सघाउँछ ।

गरुड पुराणमा मानिसले जिवनभर अपनाउनुपर्ने कुराहरुबारे उल्लेख गरिएको छ । जिवन पछि पनि पित्रिका लागि गरिदिनुपर्ने विषय पनि गरुण पुराणमा छन् । यहाँ हामीले बिहान उठ्नासाथ गरिने केही विषयहरुका बारेमा चचागर्न गएका छौं । दिनहुँ निम्न ५ कुरामा ध्यान दिन सुझाव दिइएको पाइन्छ । गरुड पुराणमा एक श्लोक छ, जसमा मानिसले नित्य गर्नुपर्ने कामको बारेमा बताइएको छ ।

स्नानं दानं होमं स्वाध्यायो देवतार्तनम् ।
यस्मिन् दिने न सेव्यन्ते स वृथा दिवसो नृणाम् ।।

स्नान: अर्थात नुहाउनु नुहाउनु स्वास्थ्यका लागि मात्र फाइदा जनक छैन । यसले शरिरको सुद्धि मात्र गर्दैन । विहानै नुहाउनुका धेरै फाइदा छन् । गरुड पुराणले मानिसले नित्य स्नान गर्न अर्थात नुहाउन भनिएको छ । दिनको शुरुवातमा स्नान गर्नु धार्मिक पुराणका अनुसार अनिवार्य छ । स्नान गरेपछि मात्र मानिसको शरीर पवित्र हुने तथा यसले दिनभर राम्रो ऊर्जा संचार गर्ने बताइएको छ ।

दान गर्नु : अहिलेको आधुनिक युगमा मानिसले कमाउन तिर मात्र ध्यान दिएको पाइन्छ । तर कैयौं धार्मिक ग्रन्थ तथा पुराणमा दान गर्नु महत्वपुर्ण हुने बताईएको छ । हरेक ब्यक्तिले आफ्नो श्रद्धा अनुसार गच्छे अनुसारको केही वस्तु दैनिक दान गर्नुपर्ने पुराणमा उल्लेख छ ।
यसो गर्नाले देविदेवता प्रसन्न भई सदा धनधान्यले भरीपुर्ण हुने तथा इश्वर कृपा हुने बताइएको छ । जिवनमा लिन मात्र होइन दिन पनि जान्नुपर्छ ।

हवन गर्नु वा दियो बाल्नु : घरमा सुख शान्तिका लागी गरुड पुराणमा हरेक मानिसले दिनचर्याको कुनै एक अवधिमा हवन गर्नुपर्ने वा हवन कार्यमा सहभागि वा सरिक हुनुपर्ने उल्लेख छ । त्यसले हामीलाई उर्जा दिन्छ । यदि दैनिक हवन गर्न नसकिएमा भगवानका नाममा मन्दिर, पुजाकोठा वा तुलसिको मठमा दियो बाल्नु पर्ने बताइर्एको छ ।

जप : हिन्दु मान्यता अनुसार दैनिक श्रद्धा तथा भक्तिपुर्वक विश्वासका साथ जाप गर्नुपर्ने बताइएको छ । यसले मनलाई एकाग्र र शान्त बनाउँछ । गरुड पुराणमा पनि मानिसले दैनिक दिनचर्यामा जप गर्नुपर्ने लेखिएको छ ।शास्त्र अनुसार जप गर्नु मनुष्य जिवनका लागी निकै लाभदायक मानिएको छ । यसले शुभ फल दिने बताइएको छ ।

देवपूजन : आफुले विश्वास गरेको देवको पुजा गर्नुपनी हाम्रो नित्य कर्म अन्तरर्गत पर्छ गरुण पुराणले दैनिक स्नान पछि भगवानको पुजाआराधना गर्नुपर्ने बताएको छ । पुरणमा पूजापछि भगवानलाई भोग लगाउनु पर्ने तथा नित्य भगवानको महिमा गान गर्नुपर्ने उल्लेख छ । यसरी नित्य गरीने पुजाले घरपरिवारमा भगवानको कृपा रहने तथा परीवारमा कुनै संकट नआउने विश्वास गरिन्छ ।