Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौं । स्त्रीहरुको स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन । कहिले र कहाँ गएर परिवर्तन हुन्छ ? मनिसको भाग्य तीन तरिकाबाट परिवर्तन हुने ज्योतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थहरुमा उल्लेख गरिएको छ । घर बनाएर नयाँ घरमा सर्दा खेरि तेस्तै बिवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

कसैका राम्रो हुन्छ भने राम्रो हुनेहरुको लागि सन्तान गर्भमा आएदेखि नराम्रो तथा धन सम्पत्ति नोक्सान गर्ने तरिकाले आउने गर्छन् । शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हो । राम्रो समयमा राम्रो तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ ।

सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्रो कल्पना मात्रै हो । बुवा आमाको लागि सन्तानबाट सुख हुने योग छ कि छैन त्यो महत्त्वपूर्ण हुन्छ । यदि सन्तान सुख हुने योग नै नभएको समयमा जतिसुकै सन्तान जन्माएर पाले पनि ती सन्तानले सुख दिनु भन्दा उल्टो दुख तथा नोक्सान पुर्याउने गर्दछन् ।

सन्तानहरुमा छोरिको महिमा त शास्त्रमा कति हो कति वर्णन गरिएको छ । मारर्कण्य ऋिषीले स्त्रीको महिमा लेख्दा लेख्दै मारकण्य पुराण नै लेखेका थिए तेसैले छोरा खोज्ने समाजका लागि उक्त पुस्तक महत्त्वपूर्ण हुनेछ ।

ज्योतिषका ग्रन्थहरुमा सबैभन्दा ठुला योगहरुमा निर्माणमा पुरुषको तुलनामा महिलाकै ठूलो योग हुने गर्दछ । जस्तो सुकै शक्तिशाली पुरुष भएता पनि महिलाले चाहेमा केही समयमै कमजोर बनाईदिने शक्ति महिलामा हुन्छ । प्रकृतिले महिलालाई धेरै प्राकृतिक गुणहरु प्रदान गरेको छ । सहनशीलता, धैर्यता, लक्ष्यिणता, इमानदारीता लगाएका धेरै गुणहरु दिएको छ । नारिको महिमा धर्मशास्त्रले धेरैनै गरेको छ ।

दिमागको कुरा गर्ने हो भने हरेक मानिसहरूको दुईवटा दिमाग हुने गर्दछ हेर्दा एउटै जस्तो लागेपनि दाहिने र देब्रे गरि दुईओटा दिमागको कुरा मेडिकल साईन्सले गरेको ।आध्यात्मिक कुरालाई हेर्ने हो भने तीन ओटा दिमागको कुरा चर्चा गरिएको छ । भगवान् शिवको तीन ओटा दिमाग खुलेको थियो तसैले शिवलाई त्रिनेत्त्रम् भनेर पनि पुकारिने गरिन्छ ।

तेस्रे शक्ति या दिमाग खुल्नको लागि आम मानिसको बसमा छैन । ठूलाठूला ऋषि महर्षीहरुले ठूलो तपस्या तथा योगको माध्यमबाट मात्रै खुल्ने गर्दछ । जसको तेस्रो नेत्र यानि दाहिने दिमाग चल्छ तेस्ता मानिसहरुका लागि कुनैपनि कुरा असम्भव भन्ने हुदैन । आम मानिसको दाहिने दिमागको प्रयोग एकदमै कम हुने गर्दछ जसको दाहिने दिमाग चल्छ तेस्ता मानिसहरू धेरै नै शक्तिशाली हुने गर्दछन ।

पुरुषको तुलनामा महिलाको दाहिने दिमाग केही धेरै चल्ने कुरा जानकारहरु बताउदै आएका छन । दाहिने दिमागले निर्णय गर्ने गर्छ भने बायाँ दिमागले सोच्नेकाम मात्रै गर्ने गर्दछ । राम्रो समयमा निर्णय लिनु नै महत्त्वपूर्ण हुन्छ ।